चौकीमै निखिलको ‘नाच भैरे नाच’ (भिडियो सहित)



bhairav-song

ठुलोपर्दा डटकम, काठमाण्डौ।
एक्सन नायक निखिल उप्रेतीको निर्माण, निर्देशन र अभिनय रहेको नयाँ चलचित्र भैरवको नयाँ गीत रिलिज भएको छ । सार्वजनिक ‘नाच भैरे नाच’ बोलको गीत कमेडी थिममा रहेको छ ।

भाद्र ११ गतेबाट प्रदर्शनमा आउने तयारी भइरहेको चलचित्र भैरवको सार्वजनिक गीतमा निखिल, जयकिशन, नागेन्द्र लगायतका कलाकारहरु प्रहरीको पोशाकमा रमाइलो नृत्य गरिरहेको देख्न सकिन्छ । चलचित्रमा नेपाल–भारत सिमामा हुने अपराध, अपहरण र लुटपाटका घट्नालाई मुख्य कथावस्तुको रुपमा उतारिएको छ । निखिल उप्रेतीको निर्देशन रहेको चलचित्रको निर्माता पनि उनी आँफै हुन् ।

चलचित्रको मुख्य भूमिकामा नायक निखिल उप्रेती र नायिका अनु शाह रहेका छन् । चलचित्रको छायाँकान नवराजकृष्ण थापाले गरेका छन् भने चलचित्रको द्वन्द्व निर्देशन हिमाल केसीले गरेका छन् । सँगितमा सुरेश अधिकारी, नृत्यमा रामजी लामिछानेको निर्देशन रहेको छ । यस्तै नगेन्द्र रिजाल, रविनहुड सेन, केशव राई, जयकिशन बस्नेत, मुरलीधर, रतन दारुवालाको पनि अभिनय रहेको छ । उप्रेती प्रहरी निरिक्षकको भूमिकामा देखिनेछन् ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu