ठुलोपर्दा डटकम, काठमाण्डौ।
केहि म्युजिक भिडियो र हँसिया नामक चलचित्र निर्देशन गरिसकेका निर्देशक मिलन चाम्सले नयाँ चलचित्र ‘वीर विक्रम’ निर्माण गर्ने भएका छन् । भदौ १ गतेबाट छायांकनमा जाने गरि हाल तयारी भइरहेको निर्देशक चाम्सले जानकारी दिए ।
निर्देशक मिलन चाम्सका अनुसार चलचित्रका लागि हालसम्म दयाहाङ राई, अनुप विक्रम शाही, अर्पण थापाको साथमा नव-कलाकार दिया पुन पक्का भइसकेका छन् भने अन्य केहि कलाकारहरुको छनोट केहि दिन भित्र गरिसक्ने उनले बताए ।
अनिल राई, पृथ्वी राई र शिव कुमार राइ सह-निर्माता रहने यस चलचित्रमा यम थापाको कथा, राम केसीको छायांकन, तारा प्रकाश लिम्बुको संगीत, रेनशा वान्तवा राइको कोरियोग्राफीको रहनेछ । एक्सन र कमेडी बेशमा निर्माण हुन लागेको चलचित्र ‘वीर विक्रम’को ४५ दिन सम्म काठमाडौं बाहिरका विभिन्न स्थानहरुमा छायांकन गरिने बताइएको छ ।