भारतीय प्राविधिक लिएर बन्यो ‘ट्वेन्टी सेभेन आवर्स’



27-hoursभारतीय प्राविधिक लिएर नेपाली चलचित्र निर्माण गरिएको छ । साउथ इन्डियन निर्देशक देखि सम्पूर्ण प्राविधिक प्रयोग गरेर नेपालमा र भारतमा समेत छायांकन गरिएको साइकोलोजिकल हरर र थ्रीलर चलचित्र ‘ट्वेन्टी सेभेन आवर्स’ अहिले भारतको हैदरावादमा पोस्टप्रोडक्सनको काम अन्तिम चरणमा छ ।

छिट्टै चलचित्रको रिलिज मिति सार्वजनिक गरिने यश चलचित्रको फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रलाई साउथ इन्डियन चलचित्रमाहरुमा सहायक निर्देशक भएर काम गरेका अरविन्द यमले निर्देशन गरेका हुन् । भारतमा रहेका नेपाली कलाकार दिपक लम्सालले निर्माण गरेको यस चलचित्र ट्वेन्टी सेभेन आवर्सको नेपालको पाल्पा, बुटवल लगायतको ठाउँ र भारतको मुम्बईमा छायांकन गरिएको हो । चलचित्रमा दिपकका अलावा सिद्धु पुजारी, सरिक घिमिरे, मधु घिमिरे लगायतको अभिनय रहेको छ ।

भारतको ईतिहासमा नै सबैभन्दा महँगो फिल्म ‘बाहुबली को तमिल भाषाको सम्पादन गरेका सम्पादक वँशी अट्लुरी यस चलचित्र ट्वेन्टी सेभेन आवर्स सम्पादन गरेका हुन् । चलचित्रलाई उच्चस्तरिय बनाउनका लागि कुनै पनि कसरत बाँकी नराखेको निर्माता दिपक लम्सालले जानकारी दिए । ‘हामीले नेपाली चलचित्रलाई विश्वमाझ चिनाउनका लागि पनि चलचित्र ट्वेन्टी सेभेन आवर्स निर्माण गरेका हौँ । किनकी नेपाली चलचित्रको गुणस्तर नभएको भन्ने चौतर्फी गुनासो चलिरहेको बेला हामीले यो चलचित्रलाई उच्चस्तरिय बनाएका छौं’, निर्माता लम्सालले भने । उनले यो चलचित्र यसै बर्ष प्रदर्शनमा ल्याउनका लागि छलफल भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu