इमरानसँग नरगिसको रोमाञ्स



nargis-fakhri-and-emraan-hasmi

भारतीय क्रिकेट टिमका पूर्वकप्तान मोहम्मद अजहरुद्दिनको जीवन माथि निर्माण हुन लागेको बलिउड चलचित्र ‘अजहर’मा नरगिस फाकरी संगीता विजलानीका रुपमा देखिने भएकी छन् । रणवीर कपुरसँग ‘रकस्टार’मा अभिनय गरेर चर्चामा आएकी उनले यो भूमिकाका लागि करिना कपुर, ज्याकलिन फर्नान्डिस र निरमत कौरलाई पनि उछिनेकी हुन् ।

अजहरकी श्रीमती संगीताका रुपमा नरगिस पक्का भए पनि फिल्ममा देखिने अर्की अभिनेत्रीको भने टुंगो अहिलेसम्म लाग्न सकेको छैन । अजहरुद्दिनका रुपमा भने इमरान हासमीले अभिनय गर्दैछन् । आगामी महिनामा लन्डनबाट सुटिङ सुरु हुने जनाइएको चलचित्रमा अजहरुद्दिनको भुमिकाका लागि इमरान हाशमीले कडा मेहनत गरिरहेका छन् ।

चलचित्रको सुटिङ हैदराबाद, मुम्बइमा पनि हुने बताइएको छ । एकता कपुरले यस चलचित्रलाई निर्माण गर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu