गलत हल्ला फैलाउनेलाई पेरिसले मुद्दा हाल्ने



paris-hilton

अमेरिकी टेलिभिजन स्टार, गायिका तथा लेखिका पेरिस हिल्टनले गलत हल्ला फैलाउनेका विरुद्धमा अदालतमा मुद्दा दायर गर्ने भएकी छिन् । उनले विमान दुर्घटनामा परेको हल्ला फैलाएर भावनात्मक तनाव पैदा गरेको भन्दै मुद्दा दायर गर्ने निचोडमा पुगेकी छन् ।

एक सञ्चारमाध्यमका अनसार हिल्टन आफ्नो दुर्घटनाको खबरबाट स्तब्ध भएकी छिन् । उनले यस्तो अफवाह फैलिन सक्छ भन्ने कल्पनासम्म पनि नगरेको बताएकी छिन् । हिल्टनले आफ्नो वकिललाई अफवाह फैलाउन व्यक्ति पत्ता लगाउन भनिसकेकी छिन् ।

इन्टरनेटबाट सार्वजनिक भएको एक भिडियोमा हिल्टन चिच्याउँदै रोइरहेको देख्न सकिन्छ । उनलाई यस्तो लाग्यो कि, उनको चार्टर विमान दुबईमा दुर्घटना भयो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu