राजधानीमा तीन सौन्दर्य स्पर्धा



beauty-contest

ठुलोपर्दा डटकम, काठमाण्डौ।
एसएलसीका विद्यार्थीहरुलाई लक्षीत गर्दै राजधानीमा तीन सौन्दर्य स्पर्धा सम्पन्न भएको छ। रिवन इन्टरटेनमेन्टको आयोजनामा मिस एलएलसी अफ द इयर र मिष्टर एसएलसी अफ द इयर २०१५ तथा स्टार वन इन्टरटेनमेन्टले मिस टीन एसएलसी २०१५ आयोजना गरेका हुन्।

शुक्रबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित मिस एलएलसी अफ द इयर २०१५ मा सगुन अर्यालले शिर्ष उपाधि जितेकी छिन्। उनले मिस एलएलसी अफ द इयर २०१५ का साथ मिस ट्यालेन्ट मस्ट पपुलरको उप उपाधि पनि जितेकी छिन्। त्यसैगरी ओजस्वी ढकाल फस्ट रनरअप र बेस्ट पर्सनालिटी, प्रतिक्षा खनाल सेकेण्ड रनरअप र मस्ट क्रीयटीभ, प्रियसा हमाल ठकुरी थर्ड रनरअप र मिस फेसन आइकन तथा प्रशंसा दाहाल फोर्थ रनरअप र मस्ट एक्टीभको विजेता भएका छन्। गत बैशाख १२ गते गएको विनाशकारी महाभूकम्पमा ज्यान गुमाउनेहरुप्रति कार्यक्रमका अतिथी, निर्णायकका साथ सबै सहभागीद्धारा मैनबत्ती बालेर १ मौन धारण गरी शुरु भएको प्रतियोगितामा सारा कपाली बेष्ट फिटनेस, डोल्मा तामाड सोसलि रेसपन्सीबल, जीना श्रेष्ठ मिस फोटोजेनिक, मौसमी खत्री मस्ट स्टालिस,सुष्मा सिलवाल मस्ट डिसिप्लेन, इनु राई मिस कन्जीनियालिटी, विनी महर्जन बेष्ट फिजिक चयन भएका छन्।

गीत संगीत र विभिन्न मनोरञ्जजक प्रस्तुतिका साथ नायक रमेश उप्रेती, नायिका झरना थापा, हास्य अभिनेता, शिवहरी पौडेल, चलचित्र निर्माता सुनिलकुमार थापा, चलचित्र निर्मात्री तथा फेशन डिजाइनर पुनम गौतम, सञ्चारकर्मी सुमित प्रताप जबरा र शिक्षासेवी सुदन डोटेलको निर्णायक मण्डल रहेको प्रतियोगितामा रोजी लामा बेष्ट हेयर, दीपा मानन्धर व्युटि विथ पर्पस, सविना न्यौपाने बेष्ट स्कीन, लक्ष्मी गुरुङ् मस्ट फ्रेण्डली, अनु तामाड मिस क्याटवाक, स्वस्ती बैद्य बेस्ट स्माइल, स्वस्तीका शाक्य बेस्ट आर्टवर्क, पुजा परियार भ्युवर्स च्वाइस, प्रविना घले म्यानेजमेंट च्वाइस, तेन्जीड. डोल्मा तामाड मस्ट चार्मीङ र दीव्या बर्देवा मिस व्युटिफुल भएका छन्।

त्यसै गरी किशोरहरुतर्फको प्रतियोगिता मिस्टर एसएलसी. २०१५ मा अधिराज मल्लले शिर्ष उपाधिका साथ बेष्ट फिजिक र फेसबुक च्वाइसको उप उपाधि पनि जितेका छन्। प्रतियोगितामा दिपेन्द्र कार्की फस्ट रनरअपका साथमा बेष्ट फिटनेस र बेष्ट स्पिच, रोहित खड्गीः सेकेण्ड रनरअपका साथमा मिस्टर फोटोजेनिक भएका छन्। प्रतियोगितामा गगन फुयाल मिष्टर क्याटवक, सन्देश न्यौपाने बेष्ट स्माइल, रिदम रिक रिमाल बेष्ट हेयर, सलिन शर्मा मिस्टर क्याटवाक, विश्वास बुढाथोकी मिस्टर हाण्डसम, स्वस्तिक आर्चाय मष्ट पपुलर र मिस्टर ट्यालेन्ट, करन थापा मोष्ट फ्रेण्डली, रिकि लामा बेस्ट पर्सनालिटि, विपीन राना मगर मस्ट डिसिप्लेन र रोचक लाम मोष्ट स्टाइलिस भएका छन्।

त्यसअघि एसएलसी उतिर्ण किशोरीहरुकै लागि राष्ट्रिय नाचघरमा आयोजना गरिएको अर्को सौन्दर्य स्पर्धा मिस टीन एसएलसी २०१५ मा ओजस्वी कोईरालाले बेस्ट हेयर उप उपाधिका साथ प्रमूख उपाधि जितेकी छिन्। प्रतियोगितामा रोजिता महर्जन फस्ट रनरअपका साथमा बेस्ट स्पिच, रिना तामाङ सेकेण्ड रनरअपका साथमा मोष्ट पपुलर, जेनिफर तामाङ थर्ड रनरअपका साथमा बेष्ट पर्सनालिटि, नमुना गिरीः फोर्थ रनरअपका साथमा बेष्ट फिजिक चुनिएका छन्।

नायक सरोज खनाल र नायिका अनिता आचार्यका साथमा पुर्ण लामा, अनिल शाही, पालदेन शेर्पा र सरोज प्याकुरेल निर्णायक रहेको प्रतियोगितामा अनुशा थापा मगर मस्ट फ्रेण्डली, अर्सुला सुवेदी व्युटी विथ पर्पस, सुजता श्रेष्ठ मोष्ट डिसिप्लेन, जोसना महर्जन मिस क्याटवाक, जिम्मी महर्जन मोष्ट स्टाइलिस रोनिभा थापा बेष्ट स्किन, सेवीका कोईराला मिस व्युटीफुल आइज, बिनीता कार्कीः सोस्यली रेस्पोन्सीबल, रोजिना तामाड. मिस कन्जीनियालिटी, दीव्या थापाः बेस्ट आर्टवर्क, आस्था कार्कीः बेस्ट स्माइल, मनिका श्रेष्ठः मिस व्युटीफुल, बिपना पुन बेस्ट फिटनेस, निमा तामाङ मोष्ट क्रियटिभ, यमुना खड्काः फेसबुक च्वाइस, पलिस्थिा महर्जन मिस फोटोजेनिक र ओशिन राईः मष्ट चार्मिङ भएका छन्।

दुबै प्रतियोगिताको कोरियोग्राफी भारतिय कोरियोग्राफर कौषिक घोषका नेपाली चेला कोरियोग्राफर अश्वीनी झाले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu