ठुलोपर्दा डटकम, काठमाण्डौ।
बरिष्ठ कलाकार एवं निर्देशक निर शाहलाई २०७१ सालको डायमन्ड शमशेर साहित्यिक पुरस्कार प्रदान गरिने भएको छ । डायमनशमशेर साहित्यिक प्रतिष्ठानले आइतबार एक विज्ञप्ती जारी गर्दै उक्त घोषणा गरेको हो ।
पुरस्कार छनौट समितिका संयोजक डा.गोविन्द प्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा डायमनशमशेरको वसन्ती र सेतोबाघ उपन्यासलाई चलचित्रको पर्दामा उतारी महत्वपूर्ण योगदान गरेको भन्दैं निर शाहलाई उक्त पुरस्कार प्रदान गरिन लागेको उल्लेख गरिएको छ ।
हरेक वर्ष राणाको जन्मदिन पारेर असार २१ मा प्रदान गरिँदै आएको उक्त पुरस्कार एवम् सम्मान यस वर्ष भने भूकम्पको कारण देशमा असहज परिस्थिति सिर्जना भएको हुँदा पछि एक विशेष कार्यक्रम गरी उपयुक्त समयमा प्रदान गरिने पनि जनाइएको छ । पुरस्कारको राशी रु.२५००० र सम्मान पत्र रहेको छ ।