रंग पत्रकार विशाल राई गायिका तायाहाङ्माको म्युजिक भिडियोमा



bishal-rai

रंग पत्रकारितामा विगत ६ वर्षदेखी सकृय विशाल राई अब मोडल बनेका छन् । ‘कोई छ’ बोलको एक गीतको म्युजिक भिडियो मार्फत मोड्लिङ सुरुवात गरेका हुन्, राईले । गायिका तायाहाङ्मा राईको दास्रो एल्बम ‘तराना’मा समावेश रहेको ‘कोई छ’ बोलको म्युजिक भिडियोमा पत्रकार विशाल राईले मोड्लिङ गरेका हुन् ।

गत मंगलबार गदावरीमा सुटिङ गरिएको म्युजिक भिडियोलाई नेपाली म्युजिक भिडियोका ब्यास्त अनी सफल निर्देशक नितिन चन्दले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा रंग पत्रकार विशालका साथै एलिसा राई, सुमन र त्रिप्ताको अभिनय रहेको छ । म्युजिक भिडियोमा विशालको ३ मोडलसंगको रोमान्स देख्न सकिन्छ । म्युजिक भिडियो निर्देशक नितिनका अनुसार गीत राम्रो भएकाले आफुले म्युजिक भिडियोमा फरकपन दिन खोजेको बताए ।

यु आर प्रो स्टाइल इन्टरटेन्मेन्टले बनाएको यस म्युजिक भिडियोलाई रुपेश थापाले खिचेका हुन्, भने नन्दा अधिकारीको मेकअप रहेको थियो । म्युजिक भिडियोमा निमत चन्दले एसिस्टेन डाइरेक्सन गरेका थिए । प्रोडक्सन म्यानेजरमा सुजन सत्याल र अमृत ढुंगाना थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu