ठुलोपर्दा डटकम, काठमाण्डौ।
ग्रिनहिल भि.एफ.एक्स मिडियाको व्यानरमा बनेको नेपाली चलचित्र ‘कामचोर’ले असोज ८ मा देशभर रिलिज हुँदैछ । सिनेमाटोग्राफर दिनेश श्रेष्ठको निर्देशनमा बनेको उक्त चलचित्रमा हर्षिका श्रेष्ठ, पुस्कर रेग्मी, रबिन्द्र बस्नेत, एवन उप्रेती, काजल खनाल, अप्सना थापा, रोहन श्रेष्ठ, बालदिप राई, रबिना दास लगायतका कलाकारको अभिनय रहने खुलाईएको थियो तर यतिबेला भने निर्देशकले अर्की हट नायिका सगुन शाहीका तीन तस्विर बाहिर ल्याएका छन् ।
कमेडी तथा सस्पेन्स कथामा बनेको यो चलचित्रमा सगुनको भूमिका पनि सस्पेन्स नै राख्ने तर उनको भूमिका बिशेष रहेको श्रेष्ठले बताएका छन् । ठुलोपर्दा डटकम सँग कुराकानी गर्दै श्रेष्ठले अहिले नै चलचित्र उनको भूमिकाबारे केहि नभन्ने बताए ।
अभिमान सिं बस्न्यातको प्रस्तुतिमा प्रमोद गौचनको लगानी रहेको यस चलचित्रमा भरत सिटौलाको संगीत रहेको छ । चलचित्रको छायांकन तथा लेखन निर्देशक स्वयंको रहेको छ । निर्देशक श्रेष्ठले नौ बर्षसम्म सिनेमाटोग्राफीमा काम गरेपछि यसै चलचित्रबाट निर्देशनमा डेब्यू गरेका हुन् ।