‘बाजीराव मस्तानी’को फर्स्ट लुक सार्वजनिक, शाहरुखसँग हुनेछ जुधाई



Bajirao-Mastani

बलिउडको बहुप्रतिक्षित चलचित्र ‘बाजीराव मस्तानी’ को फर्स्ट लुक सार्वजनिक भएको छ । सार्वजनिक फष्टलुक पोष्टरमा रणवीर सिंह, दीपिका पादुकोण र प्रियंका चोपड़ालाई निकै आर्कषक तबरले देखाइएको छ ।

संजय लीला भंसालीको निर्देशनमा तयार भएको यो चलचित्रमा अभिनेता रणवीर सिंह मराठी योद्धा बाजीरावको भूमिकामा रहनेछन् भने अभिनेत्री दीपिका पादुकोण उनको दोस्रो पत्नी मस्तानीका भूमिकामा छिन् । त्यस्तैं अभिनेत्री प्रियंका चोपड़ाले रणवीर सिंहको पहिलो पत्नी काशीबाईको भूमिका निभाएकी भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

एरोज इन्टरटेन्मेन्ट र संजय लीला भंसाली प्रोडक्शन्सले प्रस्तुत रहेको यो चलचित्र डिसेम्वर महिनाको १८ तारिखमा मात्र रिलिज हुनेछ । चलचित्रलाई इरोज नाउलेले निर्माण गरेका हुन् । यसैदिन सुपरस्टार शाहरूख खान अभिनित रोहित शेट्टीको ‘दिलवाले’ फिल्म पनि रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu