सलमानको चलचित्रलाई थोरै हल



bajrangi-bhaijaan-teaser-sa

बलिउडको बहुप्रतिक्षित चलचित्र बजरंगी भाईजान यसै साताको शुक्रबार प्रदर्शनमा आउँदै छ । बलिउडस्टार सलमान खान अभिनित चलचित्र बजरंगी भाईजानले यो बर्ष भने दक्षिण भारतमा केहि कम हल पाउने भएको छ । गएको शुक्रबार देशव्यापी प्रदर्शनमा आएको चलचित्र बाहुबलीले दक्षिण भारतका सिनेमा हलमा रेकर्डतोड कमाइ गरेपछि सलमानको चलचित्रलाई कम हल प्राप्त भएको बताइएको छ ।

दक्षिणका सुपरस्टार धनुषको चलचित्र पनि सलमानको चलचित्रसँगै प्रदर्शनमा आउने भएपछि अझ सलमानलाई चुनौती थपिएको छ । तर चलचित्रले राम्रो व्यापार गर्ने भारतीय चलचित्र विश्लेषकहरुले बताएका छन् । सलमानको नामले नै दर्शकहरु हलसम्म जाने भएका कारण चलचित्रले सजिलै लगानी उठाउन सक्ने विश्वास राखिएको छ । साथैं चलचित्र बजरंगी भाईजान पाकिस्तानमा समेत प्रदर्शन हुँदैछ ।

एक बालिकाको दुखत कथा, करिनाको सलमानसँग प्रेम सँगै बजंरगी अर्थात सलमान खानले गर्ने पाकिस्तान यात्राको कथालाई चलचित्रले प्रस्तुत गर्नेछ । यस अघि एक था टाइगर निर्देशन गरेका कबिर खानले यस चलचित्रलाई निर्देशन गरेका हुन् । चलचित्रमा सलमान खानको पनि लगानी रहेको छ । किक चलचित्र पश्चात पर्दामा नदेखिएका सलमानसँग यस चलचित्रमा करिना कपुर, नवाजुद्दिन सिद्दिकीको मुख्य भुमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu