ठुलोपर्दा डटकम, काठमाण्डौ।
गायिका नित्याशिवाको आवाजमा रहेको ‘कहाँ थियौ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा रचनाकार समेत रहेका शंकर अधिकारी ‘घायल’ले निर्देशन गरको यस भिडियोमा संचारकर्मी विकाश लामिछाने र सञ्जुको अभिनय रहेको छ ।
जुगल डंगोलको संगीत रहेको यस गीतको भिडियोलाई मुकेश हुमागाईँले छायांकन गरेका छन् भने नबिन निरौलाले सम्पादन गरेका छन् । भिडियोमा द्वन्द्वका दृश्य समेत देखाईएको छ ।
भिडियो हेर्नुहोस्: