मेरो उपलब्धी भनेकै दर्शक/श्रोता: ममता राई, गायिका



mamata-rai-singerठुलोपर्दा डटकम, काठमाण्डौ।
आधुनिक गीति एल्बम ‘ममता’मार्फत नेपाली सांगीतिक जगतमा प्रवेश गरेकी ममता राईले आफ्नो उपलब्धि भनेकै दर्शक/श्रोता रहेको बताएकी छिन् । उनले आफ्ना गीतलाई दर्शकले माया गरेर नै ‘ममता’ एल्बमको सफलतापछि ‘हाङ्मा’ नामक एल्बम लयाउन लागेको बताईन् ।

‘अहिलेसम्मको उपलब्धी भनेकै दर्शक/श्रोता हुन् । म उहाँहरुकै माया, ममताले यहाँ टिकिरहेकी छु, हौसिरहेकी छु’ दोश्रो एल्बमको सन्दर्भमा ममताले भनेकी छिन्, ‘ ‘मायाको गुण तिर्न पनि मैले गायनलाई निरन्तरता दिनुपर्छ । त्यसैले अब चाँडै अर्को एल्बम ल्याउँदै छु ।’

ममताका ‘मेरो मनमा बस’, मेरो जीवन ज्योती’जस्ता गीत चलेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu