शाहरुखको फिल्मको सलमानद्वारा प्रचार



Salman-khan-fAN

बलिउडका चर्चित दुई खान अर्थात सलमान खान र शाहरुख खान कुनै समय एक अर्काका दुश्मन भनेर चिनिन्थे । तर पछिल्लो समय उनीहरुको सम्बन्ध राम्रो रहेको अनुमान लगाउन सकिन्छ । तर यो मित्रता धेरै समय नटिक्ने पनि अडकल काट्न थालिएको छ । किनकी २०१६ को इदमा सलमान र शाहरुख बिच राम्रै युद्ध हुने देखिएको छ ।

शाहरुख खानको नयाँ चलचित्र रईस र सलमानको नयाँ चलचित्र सुल्तान एउटै मितिमा प्रदर्शन हुने भएपछि यो अनुमान काट्न थालिएको हो तर सलमानले २०१६ को इदमा प्रदर्शनमा आउन थालेको चलचित्र रईसको भने प्रमोशन पनि गर्न भ्याएका छन् । सलमानले ट्विटरमार्फत रईसको प्रमोशन गरेका छन् । उनले शनिबार रईसको स्पेलिंगको एक एक गर्दै ट्वीट गरेका थिए भने फेरी उनले अन्तिम ट्विट गर्दै आ रहा है, फिलहाल टीजर देखो और बेहद आनंद उठाइए भनेर हिन्दी भाषालाई अंग्रेजीमा लेख्दै प्रमोशन गरेका थिए ।

यसरी आफ्नो चलचित्र सुल्तानसँग शाहरुखको चलचित्र रईस आउन लाग्दा पनि कुनै प्रतिक्रिया नदिएका सलमानले शाहरुखको चलचित्रको भने खुलेरै ट्विटमार्फत प्रमोशन गरेका छन् । यसअघि सलमानको चलचित्र बजरंगी भाईजानको पोष्टर शाहरुखले आफ्नो ट्विटरमार्फत सार्वजनिक गर्दै प्रमोशन गरेका थिए । तर तपाईलाई एउटा कुरा याद रहोस् की सलमानको चलचित्र प्रत्येक बर्ष इदमा रिलिज हुने गर्छ भने शाहरुखको चलचित्र दीपावलीमा आउने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu