कतारमा रुचाइयो ‘रेशम फिलिली’



resham-filili-qatarकमेडी नेपाली चलचित्र ‘रेशम फिलिली’ मुस्लिम पर्व इदको अवसरमा शनिबार कतारमा प्रदर्शन गरिएको छ । कतारको सनैया स्थित ग्राण्ड मल सिनेमामाको चलचित्रको प्रदर्शन गरिएको हो । प्रदर्शनमा सिनेमा घर हाउसफुल भएको र कतारमा पहिलो पटक डिजिटल प्रबिधिबाट चलचित्र प्रदर्शन गरिएको आयोजक निमा भुषालले जानकारी दिए ।

उनका अनुसार आगामी अगष्ट २१ तारिखका दिन कलाकारको उपस्थितमा चलचित्रको पुनः प्रदर्शन गरिने भएको छ । चलचित्र हेरेपछि दर्शकहरु उत्साहित हुँदै सकारात्मक प्रतिक्रिया दिए भने दोश्रो शो हेर्न आएका दर्शकहरु सिनेमा घरहाउस फुलका कारण फर्किएका थिए । प्रणव जोशीको लेखन तथा निर्देशन रहेको फिल्ममा विनय श्रेष्ठ, कर्मा, मेनुका प्रधान मुख्य भूमिकामा छन् ।

कतार जाने युवाको सपना, मेनपावरको ठगी र फिल्मको हिरो हुन गरिने संघर्षको कथालाई चलचित्रले बोल्छ । नेपालमा यो चलचित्र भदौ ११ गतेबाट फेरि प्रदर्शनमा आउँदैछ । वैशाख ११ गतेबाट प्रदर्शनमा आएपनि वैशाख १२ गते भूकम्प गएपछि राम्रै घाटा सहनुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu