ठुलोपर्दा डटकम, काठमाण्डौ।
आमाको माया तुलना गर्नै मिल्दैन । आमाको महिमा नै अपम्पार हुन्छ । संचारकर्मी सरस्वती गुरुङले आमाको महिमालाई गीतमा उतारेकी छिन् । ‘आमा तिम्रै अंश हुँ म’ भन्ने बोलको गीतमा शब्द मिसाएकी सरस्वतीको यस गीतमा जयकुमारको संगीत, रिमा गुरुङ ‘होडा’को स्वर रहेको छ ।
सरस्वतीको गीतमा सिपोरा गुरुङ, मञ्जु गुरुङ, प्रतिक्षा गुरुङ, सुनयना पालिखे, सरस्वती गुरुङसगै ७३ जना महिलाले अभिनय गरेका छन् । गीतमा नेवार, गुरुङ, मगर, राई, थारु, बाहुन, क्षेत्री, शेर्पा, थकाली, तामाङ समुदायका आमाहरु आफ्नै पोशाकमा देखिएका छन् । भिडियोमा व्यवसायिक कलाकारलाई छाडेर साच्चिकैका आमाहरुलाई अभिनय गराईएको छ ।
‘गुणस्तरमा ध्यान दिएकाले केहि महगो पर्यो’ सरस्वती भन्छिन्, ‘एउटा ऐतिहासिक भिडियो बनेकोले मलाई खुशि लागेको छ ।’ भिडियोलाई कृष्णकुमार गुरुङले निर्देशन गरेका छन् ।
भिडियो हेर्नुहोस्: