प्रभास स्टारर एस.एस. राजमौलीले निर्देशन गरेको दक्षिण भारतिय चलचित्र ‘बाहुबली’ले भारतिय चलचित्रको इतिहासमै पहिलो रेकर्ड राख्न सफल भएको छ । प्रदर्शनमा आएको एक सातामा यो चलचित्रले ३०० करोड भन्दा माथिको व्यापार गर्न सफल भएको छ ।
यो व्यापार भारतको मात्रै हो । प्रदर्शनमा आएको दास्रो दिनमा नै सय करोडमा प्रवेश गरेको यो चलचित्रले हालसम्ममा ३०० करोड भन्दा माथिको व्यापार गरिसकेको भारतीय मिडियाहरुले जनाएका छन् । यो सगैं चलचित्र बाहुबलीले गिनिज बुक अफु वर्ल्ड रेकर्डमा पनि नाम दर्ता गराएको छ ।
चलचित्रले संसारमै सबैभन्दा ठुलो पोस्टर बनाउदै गिनिज बुकमा नाम लेखेको हो । चलचित्रको पोस्टर ५० हजार वर्गफिटको छ साथै यो चलचिले चलचित्रमा नयाँ भाषा ‘किलिकिलि’को जन्म समेत गरेको छ । प्रभाष, राणा डग्गुवति, अनुष्का शेट्टी, तमन्ना लगायतको अभिनय रहेको यो चलचित्र भारतीय ईतिहासमै सबैभन्दा महंगो चलचित्र हो ।
चलचित्रको कुल लागत दुई सय पचास करोड रहेको छ । चलचित्रले बलिउडमा अहिलेसम्मका अधिकांश कलेकशनका रेकर्ड तोड्न सफल भएका छ ।