शाहरुख र आमिरलाई सलमानले पछारे



Photo: Shantabanta
Photo: Shantabanta

बलिउडस्टार सलमान खान अभिनित चलचित्र बजरंगी भाईजानले यति बेला आक्रामक व्यापर गरिरहेको छ । बलिउडको सम्पुर्ण रेकर्ड तोड्दैं यति बेला बजरंगी भाईजानले १२९.६५ करोड भन्दा माथिको व्यापार गरिसकेको बताइएको छ । प्रदर्शनमा आएको ४ दिनसम्ममा चलचित्र बजरंगी भाईजानले यो व्यापार गरेको हो ।

यो व्यापारले बलिउडका अर्का दुई खानलाई समेत पछाडी पारेको छ । शाहरुख खान अभिनित चलचित्र हैप्पी न्यू ईयरले प्रदर्शनमा आएको ४ दिनमा १२३.८६ करोडको व्यापार गरेको थियो भने आमिर खान अभिनित चलचित्र धूम ३ ले प्रदर्शनमा आएको ४ दिनमा १२८ करोडको व्यापार गर्न सफल भएको थियो ।

तर बजरंगी भाईजानले प्रदर्शनमा आएको ४ दिनमा नै १२९.६५ करोड भन्दा माथिको व्यापार गरेपछि सलमानको यति बेला व्यापक चर्चा छ । भारतीय मिडियाका अनुसार अब सलमानले केहि दिन भित्रमा नै बलिउडका सम्पुर्ण रेकर्ड तोड्ने अपेक्षा लिइएको छ ।

भारतीय मिडियाका अनुसार चलचित्र बजरंगी भाईजानले २ सय करोड भन्दा माथिको व्यापार गर्न सफल हुने बताइएको छ । निर्देशक कबिर खान निर्देशित चलचित्र बजरंगी भाईजानमा सलमानसगैं हर्षाली मल्होत्रा, करिना कपुर, नवाजुद्दिन सिद्दिकीको मुख्य भुमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu