बच्चन परिवारमा सासु-बुहारीको झगडा, ऐश्वर्याले किनिन् बान्द्रामा २१ करोडको फ्ल्याट



Aishrya-flatबलिउडमा बच्चन परिवारको झगडाको समाचार खासै बाहिर आएको पाइँदैन । बलिउडका सुपरस्टार अमिताभ बच्चनका एउटै छोरा रहेका अभिषेक बच्चन पछिल्लो समय भने आफ्नो परिवारसँग केहि असन्तुष्टि हुँदै आएका छन् ।

केहि महिना अगाडी नै अभिषेक र उनकी श्रीमती ऐश्वर्या राय बच्चन छुटिएर बेग्लै बस्न लागेको खबर बाहिर नआएको होइन तर पछि उक्त कुरा त्यसैं सेलाएको थियो । तर यो कुरा फेरी बलिउडमा चौतर्फी रुपमा फैलिन थालेको छ । पछिल्लो समय सासु–बुहारी जया र ऐश्वर्याबीच टकराव छ । त्यसैले ऐश्वर्या राय बच्चनले बान्द्रा कुर्ला कम्लेक्समा नयाँ फ्लाट किनेकी छन् । उनले सिग्निया आइलेसमा कम्लेक्समा ५५०० वर्ग फिट क्षेत्रफल को ५ वटा रुम र किचन सहितको फ्लाट २१ करोडमा किनेकी छन् ।

पूर्वमिस वर्ल्डसमेत रहेकी ऐश्वर्या बलिउडकी गन्यमान्य अभिनेत्री हुन् । त्यसैले उनका पछाडि पत्रकार भइरहेको हुन्छ । तर ऐश्वर्याले पत्रकारसँग खुलेर कुराकानी गरेको समेत जयालाई मन पर्दैन । केहि समय अगाडी जयाकै अगाडि एक पत्रकारले ऐश्वर्यालाई ‘ऐश’ भनेर बोलाएका थिए । त्यो कुरा सुनेपछि जयाले तुरुन्तै ती पत्रकारलाई थर्काएकी थिइन् । लामो समयदेखि चिन्दै आएका पत्रकारले आफूलाई ऐश भनेर बोलाउँदा सासुले गाली गरेपछि त्यही नै सासु–बुहारीको भनाभन चलेको थियो । अहिले अभिषेक र ऐश्वर्याको १ छोरी समेत छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu