नेपाली अमेरिकन कलाकार संघद्वारा भुकम्प पीडितलाई आर्थीक सहयोग



Okhaldhunga-EQ

केही माहिना अगाडि आएको बिनासकारी विपत्तीले धेरैलाई प्रताडित बनाएको थियो । पिडामा रहेका पीडित नेपालीहरुले अहिले सम्मपनि पिडा भुल्न सकिरहेका छैनन् । कतीले त अहिले सम्मपनि कहीकतैबाट केही सहयोग नपाएर भौतारीरहेको अवस्था पनि छ । यसैक्रममा ओखलढुङाको विकट गाविस पोकलीका बस्तीलाई कलाकारहरुले सहयोग गरेका छन् ।

अमेरिकामा रहेर गीतसंगीतमा क्रियाशील रहेका नेपाली कलाकारहरुको संस्था “नेपाली अमेरिकन कलाकार संघ”ले १ लाख नगद सहयोग प्रदान गरेको थियो । ओखलढुङाको पोकली गाविसको वडा नं. ३ र ४ पीडितहरुलाई नगद नै वितरण गरिएको थियो । पुराना चर्चित गायक नबिन ढुङेलको नेतृत्वमा गएको राहत टोलीलाई स्थानीयबासीहरुले खुशी प्रकट गर्दै राहतको लागि सहयोग गर्ने “नेपाली अमेरिकन कलाकार संघ”लाई धन्यवाद प्रकट गरेकाछन् । उनीहरुले यो पीडामा लगाएको गुण कहिल्यै नबिर्सने बताएका थिए ।

Okhaldhunga-EQ-1

सन् २०१२ मा न्यू-योर्कमा स्थापित ‘युनाईटेड नेपाली आर्टिस एशोसिएसन’ को नोबेम्बर २२ तारिख सम्पन्न दोश्रो अधिवेशनबाट संघको नाम परिवर्तन गरी ‘नेपाली अमेरिकन कलाकार संघ’ रहेको सस्थाले केही समय अगाडि गायिका तारा थापा, संगीतकार सुक गुरुङ, लोकगायक बुद्दिकृष्ण लामिछने, अभिनेता प्रताप सिंहलाई आर्थिक र गोर्खा लगायत भुकम्पबाट पीडित बनेका सिन्धुपाल्चोक, नुवाकोट, धादिङ लगायतका जिल्लाहरुमा पनि राहत सहयोग गरेको थियो । संघमा गायक गम्बु शेर्पाको अध्यक्ष्तामा २७ सदस्यीय कार्य समिति रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu