दयाहाङ् उत्कृष्ट अभिनेता, संगम र ऋचा उत्कृष्ट अभिनेत्री | चलचित्रमा कबड्डी उत्कृष्ट



Sangam-Bista

ठुलोपर्दा डटकम, काठमाण्डौ।
मंगलवार राष्ट्रपति निवासमा राष्ट्रिय चलचित्र पुरस्कार तथा दिर्घ साधना सम्मान प्रदान गरिएको छ । २०७१ सालमा प्रदर्शनमा आएका मध्ये ५४ चलचित्रले सहभागिता जनाएकोमा उत्कृष्ट आदिवासि-जनजाती चलचित्र सहित आठ विधामा राष्ट्रपति डा. रामवरण यादवको हातबाट पुरस्कार प्रदान गरिएको हो ।

Dayahang-rai

पुरस्कारको लागि चलचित्र ‘कबड्डी’ उत्कृष्ट ठहरियो । यहि चलचित्रको लेखनमा पनि निर्देशक समेत रहेका रामबाबु गुरुङ् र उपेन्द्र सुब्बाले पुरस्कार हात पारे । अभिनेतामा चलचित्र सम्बोधनबाट दयाहाङ् राई उत्कृष्ट भए भने विश्वकै कान्छा निर्देशक सौगात बिष्टले निर्देशन गरेको चलचित्र ‘लभ यू बाबा’बाट अभिनेत्री १३ बर्षिया संगम बिष्ट र ‘टलकजंग भर्सेस टुल्के’बाट अभिनेत्री ऋचा शर्मा उत्कृष्ट अभिनेत्री ठहरिएका छन् ।

Reecha-Sharma

चलचित्र निर्देशकमा ‘टलकजंग भर्सेस टुल्के’बाट निश्चन बस्नेत उत्कृष्ट भए । सम्पादनमा ‘झिग्राना’बाट निमेश श्रेष्ठ तथा ‘झिग्राना’ बाट नै छायाँकारमा शैलेन्द्रध्वज कार्कीले पुरस्कार प्राप्त गरे । आदिवासि-जनजाती चलचित्रमा सोलुखोला फिल्म्स प्रालिले बनाएको ‘मतान’ उत्कृष्ट भयो ।

neer-shah-dirgha-Sadhana

यस पुरस्कारको निर्णायकमा राजेन्द्र शलभ, करिश्मा मानन्धर, हेमन्त बुढाथोकी, कपिल पराजुली र दिपेन्द्र लामा थिए ।

यस बर्षको दिर्घ साधना सम्मानबाट बरिष्ठ चलचित्रकर्मी नीर शाहलाई दोसल्ला, ताम्रापत्रका साथमा नगद ३ लाख ५१ हजार १ सय ११ रुपैयाँ सहित सम्मान गरियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu