
ठुलोपर्दा डटकम, काठमाण्डौ।
भदौ २५ गतेदेखी देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र लव सबको चर्चा यति बेला व्यापक छ । यूवापुस्ताको मुखमा झुन्डन सक्ने संवादहरुका कारण चलचित्रको चर्चा यति बेला राम्रैसँग सुरु भएको छ ।
सेतो कुर्ता, सेतो सलवार, झन निधारमा एउटा रातो टिका लाईदिने हो भने त मा कसम एम्बुलेन्स नै देखिन्छ, मेरो तीन पुस्ताको नाम था रैछ त, कल सेन्टरमा काम गर्छौ कि क्या हो ?, साले कोकको बोतल, दिमाग हुने ठाउँमका ढकन लाग्या छ, अनी हुन्छ, सेन्टी सिनमा कमेडी म्यूजिक हाल्छस्, साला मुखले त सक्दैनस्, कहाँ कहाँबाट बोल्छ रे लगायतका संवादहरुका कारण लव सबलाई यति बेला दर्शकहरुले अत्याधिक मनपराउँदै गएका छन् ।
कमेडी लभस्टोरी चलचित्र ‘लभ सब’ मा संयम पुरी, सलोन बस्नेत, शिशिर भण्डारी, करिष्मा श्रेष्ठ, केके अधिकारी, अर्चना राई लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा देव कुमार श्रेष्ठको निर्देशन रहेको चलचित्र लभ सवमा सुशील पोखरेल र नरेन्द्र महर्जनको संयुक्त लगानी छ ।
कलाकार संयम पुरी चलचित्रमा एक लाटोको भुमिका निभाएका छन् भने सलोन बस्नेत रशिशिर भण्डारी भने कमेडी शैलीमा प्रस्तुत भएका छन् । चलचित्र भित्र संयम र करिष्माको प्रेमलाई पनि देख्न सकिने बताइएको छ ।
ट्रेलर हेर्नुहोस्: