‘नाई नभन्नू ल ४’ मा पल पक्का



Paul-Shah-Nai-Nabhannu-La-4

ठुलोपर्दा डटकम, काठमाण्डौ।
मोडल तथा नायक पल शाह ‘नाई नभन्नू ल ४’ का लागि मुख्य नायकको रुपमा पक्का भएका छन् । लामो समय देखी नायकको खोजीमा रहेका निर्माता तथा निर्देशक विकास आचार्यले पललाई चलचित्र पल शाह ‘नाई नभन्नू ल ४’ मा मुख्य भुमिकामा देखाउने गरि पक्का भएका छन् ।

स्क्रिप्टले खोजिरहेको अनुहारमा पल नै उयुक्त देखिएका कारण उनलाई नै पक्का गरिएको विकास आचार्यले जानकारी दिएका छन् । यस अघिका ‘नाई नभन्नू ल’को ३ वटै सिरिजमा अभिनय गरेका अनुभव रेग्मी यस अघि नै चलचित्रका लागि पक्का भइसकेका थिए भने ‘नाई नभन्नू ल ३’ मा अभिनय गरेसकेकी नायिका प्रियंका कार्की पनि चलचित्र ‘नाई नभन्नू ल ४’ का लागि छनोट भइसकेकी छिन् ।

अहिले विकास आचार्यले नयाँ अनुहार चलचित्रमा देखाउने सोचले नयाँ कलाकारको खोजी पनि केहि दिन अगाडी बाटै सुरु गरिसकेका छन् । केहि दिन अगाडी देखी नै निर्देशक विकास आचार्यले अडिसन कल गर्दै अभिनयमा रुची भएकालाई सम्पर्क गर्न आग्रह गरेका छन् । ‘नाई नभन्नू ल’का यस अघिका तीनै शृंखला हिट भएका थिए । चलचित्र ‘नाईं नभन्नू ल’ शृंखलाको चौथो भागका पुरुषोत्तम प्रधानको छायांकन र बसन्त सापकोटाको संगीत रहनेछ । राजेश पायल राई, प्रेम परियार, प्रल्हाद तिमल्सिना, इन्दिरा जोशी आदिले आवाज दिएको फिल्मका गीतको रेकर्डिङ सकिईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu