धर्मसन्तानलाई फिल्म खेलाउँदै एन्जेलिना



madox-and-angelina

हलिउड नायिका एन्जेलिना जोलीले आफ्ना चार धर्मसन्तानमध्येका एक म्याडोक्सलाई चलचित्रमा खेलाउने भएकी छिन् । ‘फस्ट दे किल्ड माई फादर : अ डटर अफ कम्बोडिया रिमेम्बर्स’ को हलिउड एडाप्टेसनमा उनले म्याडोक्सलाई खेलाउँदै छिन् भने उक्त चलचित्रमा एन्जेलिना पनि मुख्य भुमिकामा देखिने बताइएको छ ।

१३ वर्षे म्याडोक्सले यसअघि एन्जेलिनाकै निर्देशनमा तयार भएको चलचित्र ‘बाई द सी’ मा प्रोडक्सन एसिस्टेन्टको काम गरेका थिए । एन्जेलिनाले हलिउड अभिनेता ब्राड पिटसँग मिलेर म्याडोक्ससहित चार धर्मसन्तान पालेका छन् । ‘फस्ट दे किल्ड माई फादर : अ डटर अफ कम्बोडिया रिमेम्बर्स’ कम्बोडियाका लेखक तथा अधिकारकर्मी लुङ उङको सन् २००० का पुस्तकमा आधारित छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu