विद्यालय र विद्यार्थीको सहयोगका लागि कुटुम्बको प्रस्तुति



Kutumba

ठुलोपर्दा डटकम, काठमाण्डौ।
बैशाख १२ गते नेपालमा गएको विनाशकारी भूकम्पको कारण गोर्खा, सिन्धुपाल्चोक र अन्य विभिन्न स्थानमा रहेको सामुदायिक विद्यालयहरु ध्वस्त भएको छ भने त्यहाँ अध्ययन गर्दै गरेको विद्यार्थीहरु विचल्लीमा परेको छन् । उनै पिडित विद्यार्थीवर्गको निम्ति सहयोग जुटाउन बेबिलोन उच्च माध्यामिक विद्यालय र त्यहाँ अध्यनरत विद्यार्थिहरुको सहकार्यमा कुटुम्ब ब्यान्डले एक भब्य सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा बिशेष पिडित विद्यार्थीहरुको निम्ति कापी कलम इत्यादि संकलन गरिनुको साथै कुटुम्ब ब्यान्डले उक्त स्थानहरुमा बिद्यालय बनाउन आर्थिक सहयोग समेत गरेको छ। कुटुम्ब ब्यान्डले उक्त सांगीतिक कार्यक्रममा भेडाको हुन जस्तो, माइती घर, तालको पानी माछीले खानी लगायतका गीतहरु प्रस्तुत गरेको थियो । पछिल्लो समय सहरिया युवा पुस्तामा मौलिक गीत संगीतप्रतिको लगाव घट्दै गएको महसुस गर्दै त्यसको महत्त्व बुझाउन पनि विभिन्न सांगीतिक कार्यक्रम गरिदै गएको कुटुम्बका पवित मर्हजनले कार्यक्रममा बताए ।

उनले प्रत्येक विद्यार्थीसँग शुल्कको रूपमा कापी कलम लिएर दुर्गम क्षेत्रका बालबालिकालाई सहयोग उपलब्ध गराउने बताए । उनले दुई महिनामा १४ वटा स्कुलबाट लगभग २५ हजारभन्दा बढी कापी र कलम संकलन भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu