‘बजरंगी भाईजान’ ५ सय करोडमा प्रवेश



bajrangi-bhaijaan-teaser-sa

बलिउडस्टार सलमान खान अभिनित चलचित्र बजरंगी भाईजान ५ सय करोडमा प्रवेश गरेको छ । प्रदर्शनमा आएको १४ दिनमा भाईजानले घरेलू बक्सअफिसमा २७२.७५ करोड भन्दा माथिको व्यापार गरेको ट्रेड एनालिस्ट तरण आदर्शले ट्वीट गरेर बताएका छन् ।

भारतमा यस चलचित्रले ग्रास कलेक्शन ६६७.५३ करोड भन्दा माथिको गरेको छ । उसै चलचित्रले ओवरसीजमा १४०.८० करोडको बिजनेस गरिसकेको तरण आदर्शले जानकारी दिएका छन् । साथै चलचित्र बजरंगी भाईजानले ग्रास कलेक्शन र ओवरसीजको व्यापार गरि ५०८.३३ करोडको व्यापार गरेको आदर्शले बताए । यो चलचित्रको व्यापारको अगाडी बलिउड स्टार आमिर खान र शाहरुख खान समेत पछाडी परेका छन् ।

एक बालिकाको दुखद कथा, करिनाको सलमानसँग प्रेम सँगै बजंरगी अर्थात सलमान खानले गर्ने पाकिस्तान यात्राको कथालाई चलचित्रले प्रस्तुत गरेको छ । यस अघि एक था टाइगर निर्देशन गरेका कबिर खानले यस चलचित्रलाई निर्देशन गरेका हुन् । चलचित्रमा सलमान खानको पनि लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu