कम्पनमा भूकम्पको कथा



Kampan

ठुलोपर्दा डटकम, काठमाडौं।
वैशाख १२ गतेको विनाशकारी भूकम्प पछिको अवस्था र भौतिक संरचनाको पुननिर्माणको विषयलाई लिएर फिल्म ‘कम्पन’ बनेको छ । दिनेश पौडेलले निर्देशन गरेको फिल्म अहिले पोष्ट प्रोडक्सनमा रहेको छ ।

निर्देशक पौडेलका अनुसार फिल्मको छायांकन काठमाडौं र सिन्धुपाल्चोकका भूकम्प प्रभावित गाउामा गरिएको छ । ‘भूकम्पको कम्पनले मानिसमा सिर्जना गरेको डर र यसलाई सामान्य बनाउने उपायलाई समेटेर फिल्म बनाउने प्रयत्न गरेका छौं,’ निर्देशक पौडेलले भने, ‘फिल्मले दर्शकलाई भूकम्प र त्यसपछिको अवस्था कस्तो थियो भने कुरालाई पुन सम्झाउनेछ ।’

फिल्ममा राजेश ढुंगाना, राजेन्द्र बस्नेत, पुस्कर राउत, अनु पराजुली आदी कलाकारले अभिनय गरेका छन् । हालसम्म रिलिज डेट फाइनल नभएको यो फिल्मलाई मंसिरमा हलमा ल्याउने तयारी भईरहेको निर्माता अनिल बुढाथोकीले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu