करोडपतिसँग रोमान्स गर्दै पेरिस



peris-hiltan-love

चर्चित हलिउड नायिका, मोडल तथा टेलिभिजन स्टार पेरिस हिल्टनले यतिबेला एक करोडपति व्यवसायीसँग प्रेमसम्बन्धमा रहेको खुलासा भएको छ ।

सामान्य यूवालाई प्रेमी बनाउन चाहेको बताउने पेरिसले करोडपति प्रेमी नै रोजेकी छिन् । हिल्टनले ती व्यवसायीलाई हालै फ्रान्समा सम्पन्न कान्स महोत्सवमा पहिलो पटक भेटेकी थिइन् । हालै सार्वजनिक भएको एउटा तस्बिरमा ३४ वर्षीया हिल्टन तथा व्यवसायी थोमस ग्रोस स्पेनको एउटा रमणीय समुद्री किनारमा चुम्बन गरिरहेका देखिन्छन् ।

३९ वर्षीय ग्रोसको वार्षिक आम्दानी साढे १२ करोड पाउन्ड भएको बताइन्छ । गतबर्ष मोडल रिवर बीपेरीसँग सम्बन्ध टुटेपछि पेरिस एक्लै थिइन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu