करिश्मासँग संयम, बाबुसँग सलोन



luv-sab-publicity

ठुलोपर्दा डटकम, काठमाण्डौ।
भदौ २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘लभ सब’को प्रचारमा यति बेला जम्बो यूनिट नै राम्रैसँग कसिएर लागेको छ । प्रदर्शन मिति नजिकदै गर्दा चलचित्रका कलाकार दुई भागमा बाडिँदै प्रचारमा लागेका छन् । चलचित्रका कलाकार सलोन बस्नेत यति बेला आफ्नो पिता शोभित बस्नेतसँग चितवनमा छन् ।

सलोन आफुले अभिनय गरेको चलचित्र लभ सबको प्रमोशन गर्न विद्यालय देखी मिडिया कार्यालयसम्म धाइरहेका छन् भने यता चलचित्रका अर्का कलाकार करिष्मा श्रेष्ठ, नायक संयम पुरी, शिशिर भण्डारी, केके अधिकारी भने काठमाडौंका विभिन्न कार्यक्रममा गई चलचित्रको प्रचार गरिरहेका छन् । शनिबार चितवनमा पत्रकार सम्मेलन गरेरै सलोनले चलचित्र लभ सबको बारेमा पत्रकारहरुलाई जानकारी दिएका थिए ।

पत्रकारहरुमाझ बोल्दै सलोनले ‘लभ सब’ त्रिकोणात्मक प्रेम कथा भएको बताउदै हरेकको जीवनमा मेल खाने दृश्यहरु चलचित्रमा रहेको बताएका थिए । उनले मायाले कसलाई कहाँसम्म प्रभाव पार्न सक्छ भन्ने चलचित्रमा देखाइएको बताए । कमेडी लभस्टोरी चलचित्र ‘लभ सब’मा संयम पुरी, सलोन बस्नेत, शिशिर भण्डारी, करिष्मा श्रेष्ठ, केके अधिकारी, अर्चना राई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रमा देव कुमार श्रेष्ठको निर्देशन रहेको चलचित्र लभ सवमा सुशील पोखरेल र नरेन्द्र महर्जनको संयुक्त लगानी छ । कलाकार संयम पुरी चलचित्रमा एक लाटोको भुमिका निभाएका छन् भने सलोन बस्नेत र शिशिर भण्डारी भने कमेडी शैलीमा प्रस्तुत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu