नेपाली सेलिब्रेटीका वडा दशैँ योजना



[one_half last=”no”] सविन श्रेष्ठ, नायक sabin-sthकमल कृष्ण दाईले आउँदो १ हप्ता बाट नयाँ फिल्म सुरु गर्दै हुनुहुन्छ, त्यो फिल्ममा म पनि छु । अहिले यही नयाँ फिल्म ‘दश दिन दश’ करोडको तयारीमा व्यस्त छु । यसपाली को दशैँ परिवारका सदस्यसँग नै मनाउदैछु भने फिल्मी अवार्डको पनि तयारीमा व्यस्त रहनेछु ।

शोभिता सिम्खडा, नायिका shovita-simkhadaत्यस्तो खासै नयाँ योजनाहरु त केही पनि छैन तर पनि यसपटकको बडा दशैँमा तपोवनमा १० दिनको मेडिटेसन क्याम्प लिँदैछु । म त शुद्द शाकाहारी भएकोले गर्दा खासै दशै बिशेष लाग्दैन । यसपाली हामी सबै परिवारको सदस्य तपोबनमा नै हुन्छौ र मेडिटेसन गरेर नै यो दशैँ मनाउदैछौ ।

सविना कार्की, नायिका sabina-karkiअहिले सम्मको दशैँ सँधैं घरपरिवारमा दशैँ मनाउदै आएकी थिए तर यो बडा दशै मेरो लागि फरक हुने भयो । कारण यो दशैँ घरमा मनाउन नपाउने भए यस अर्थमा परिवारबाट अलग भएर कतारको कार्यक्रममा नै हुने भए । त्यसैले पनि एक मन खुशी छ एक मन दुखी छ । कहिले-काहि यस्तै हो कलाकार भए पछी विदेशको कार्यक्रमलाई नकार्न पनि त मिलेन । जे होस् पहिलो पटक विदेशमा बडा दशैँ मनाउदै छु ।

शुभेच्छा थापा, नायिका suvechha-thapaहाम्रो घर परिवारमा यो बर्षको विजया दशमीमा टिका लगाउन मिल्दैन, त्यसर्थ यो पाली हामी स-परिवार कुनै रमाइलो ठाउँमा घुम्न जाने प्लानमा छौ । मनाउन नपाए पनि घुम्न र रमाइलो गर्न त पछी परीदैन ।

राहुल के.सी., नायक rahul-kcमेरो बडा दशैँ पहिलो पटक अमेरिकामा हुँदैछ । मनमा खुशीका तरङहरु पैदा भइेरहेको छ किन कि सारा नेपालीको सपनाको केन्द्र बिन्दुमा यसपालीको बडा दशै मनाउने तयारीमा छु । अमेरिकामा नेपाली दाजु-भाई, इष्टमित्रहरुसँग भेट्घाट गर्छु साथै मेरो परिवारको साथमा पनि रमाइलो गर्ने बिचारमा छु । म, बाबु र उ त यहाँ छौ तर नेपालमा बुवा, आमा, दाजु-भाइ सबैलाई मिस गरेको छु । कता-कता मनमा खिन्नता पनि छ रमाइलो पनि छ । तर पनि आशा छ रमाइलो सँग नै यसपालीको दशै बित्नेछ ।

अनामिका चौलागाईं, नायिका anamika-chaulagainदशैँ हामी सबैको महान पर्व भएकोले म पनि एकदमै खुशीका साथ यो पालीको दशैँ मनाउने योजनामा छु । सबैको दशै सफल र राम्रो सँग बितोस सम्पूर्ण नेपाली दाजु भाई-दिदी बहिनीहरुमा हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

सुरभी जैन बिष्ट, नायिका suravi-jainदशैँमा अरुले जस्तै तरिकाले ठुलोबडाको हात बाट टिका र आशिर्वाद थाप्न जान्छु । दशैँमा त रमाइलो गर्नै पर्यो बर्ष दिनमा एक पटक आउने महान चाड । आफुलाई त तास खेल्न आउँदैन तर पिङ चाँही अवश्य खेल्छु । यो दशैँमा चाहीँ सबैले मान्यजनबाट चाँडो बिहे गरेस नभनिकन सबैको नजरमा बस्न सक्ने ख्यातिप्राप्त र चर्चित नायिका बनेस भनेर आशिर्वाद दिनेछन्, मेरो अब गर्ने चलचित्र सुपर हिट हुन्छ भनेर आशिर्वाद दिनेछन् भन्ने आशा छ । जे होस् हाम्रो महान पर्व शुभ विजया दशमी घर परिवारका सदस्यसँग रमाइलो गरेर मनाउने छु ।

अनिता आचार्य, नायिका anita-acharyaयसपालीको दशैँमा खुब मस्ती गर्ने प्लान छ । यसपाली धुलिखेल गईन्छ । मान्यजनहरुको हातबाट एक बर्षलाई पुग्ने गरी शुभ आशिर्वाद लिन्छु अनी पिङ खेल्ने निकै धोको छ यसलाई पनि पुरा गर्नै पर्यो । दशै महान चाड हो तर मलाई चाँही काटमार मन पर्दैन, त्यसैले अझ दशैलाई पूर्ण रुपमा शाकाहारी बनाउन सके देखी सुनमा सुगन्ध हुन्थ्यो कि भन्ने मेरो विचार पनि हो । सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई के भन्न चाहन्छु भने कसैको ज्यान लिएर र कस्ट दिएर धर्म हुँदैन । बुद्द हाम्रो देशमा जन्मेका हुन् र उनको सत्मार्गको हामीले त्यो मार्गलाई पालना गर्नुपर्छ भन्ने मलाई लाग्छ । सबै नेपालीको मुहारमा खुशी देख्न पाइओस, माता दुर्गाले सबैको राम्रो कामना पुरा गरुन्, देशमा स्थायी शान्ती कायम होस् । सम्पूर्ण नेपालीहरुमा दशैको हार्दिक मंगलमय शुभकामना । [/one_half]

रिमा विश्वकर्मा, नायिका reema-bishwakarmaसधैँ झैँ यसपाली पनि सपिङ र परिवारमा जमघट गर्ने विचार छ साथै यो बर्षको बडा दशैँमा मासुको नयाँ परिकार बनाउन सिक्ने योजनामा छु । प्रायजसो चाडपर्वमा हामीहरु तास खेलेर पनि मनाउने गर्छौ त्यसर्थ यसपाली चाँही तास खेल्न पनि सिक्ने मन छ । जहिले पनि साथीहरुले तासमा जुट पत्ती मात्र खेल्ने भएकाले जिस्काउने समस्या छ त्यो समस्यालाई पनि मध्यनजर त गर्नै पर्यो नि । त्यसैले यो दशै पछी चाँही मलाई तासमा जुट पत्ती मात्र नभएर अरु पनि खेल्न आउनेछ । बर्ष दिनमा आउने हाम्रो महान पर्व दशैको अर्को बिशेषता भनेको लिंगे पिंग पनि हो त्यसैले लिङ्गे पिंग पनि धोकै पुराएर खेल्ने बिचार छ । यो दशै मेरो लागि अली नौलो हुने भएको छ मैले अहिले सम्म नजानेका कुरा हरु चाँही यो दशै बाट सिक्ने योजनामा छु । पिंग पनि बसेर मात्र खेल्न सक्छु तर अब चाँही उठेर खेल्न र मच्चाउन सिक्नु पर्याछ । दशैमा रमाइलो सँगै स परिवार सुन्दर नगरी पोखरा घुम्न जाने योजना पनि छ ।

गजित बिष्ट, नायक gajit-bistaयसपालीको दशैँमा कतारको कार्यक्रममा जानुपर्ने भएकोले उतै दशैँ मनाउने योजना छ । एक हिसाबले नेपालमा दशैँ मनाउन नपाउँदा दुख लागेको भने अर्को हिसाबमा कलाकार भएपछि यस्ता कार्यक्रमहरुमा भाग पनि लिनै पर्यो। परिवारसँगै बसेर दशैँ मनाएको जस्तो त कुनै हालतमा हुँदैन तर पहिले दुई पटक सम्म कतारमा गईसकेको हुनाले तेश्रो पटकमा चाहिँ रमाईलो गर्नेछु। कलाकारको रुपमा भने पहिलोपटक त्यहाँ जाँदैछु, त्यसकारण पनि खुशी छु।

समुना के.सी., नायिका samina-kcयसपालीको दशैँमा मेरो घुमफिर गर्ने प्लान छ । यसपालीको दशैँ मेरा लागि निकै शुभ हुनेछ । सधैं सामान्य किसिमले मनाउने गरेको बडा दशै यो पटक केही फरक किसिमले बित्छ कि भन्ने आशामा छु । पाल्पा, धरान, अथवा कुनै रमाइलो ठाउँ घुम्न जाने योजना बुनेकी छु हेरौ कत्तिको सफल हुन्छु । तास खेल्न आउँदैन, खसीको मासु खान्छु, किनमेल पनि धेरै नै गर्ने योजनामा छैन । यसपटक अली बजेट कम छ । अरु त छदै छ नि ।

निरु खड्का, हाँस्य कलाकार niru-khadkaयसपालीको दशैँमा खासै कुनै योजना त छैन भन्दा पनि हुन्छ। आफ्नो पुर्ख्यौली घर संखुवासभा र हजुरवुवाको हातको टिका छुट्ने भयो, त्यसैले दु:ख लागिरहेको छ। काठमाण्डौमा नै पिङ खेलेर र काठमाण्डौको खाली सडकमा बाईक चलाएर मनाउने सोचमा छु। तास खेल्न आउँदैन र मासुमा पनि रुचि छैन त्यसैले मसँग अरु विकल्प छैन।

आस्था राउत, गायिका aastha-rautनवमीको दिन २ वटा शो को लागि दोहा, कतार जाँदैछु। एक दर्जन कलाकारसँग यसपालीको दशैँ कतारमा नै मनाईने भएकी छु। म पनि खुशी रहनेछु र सबै दर्शकलाई खुशी बनाउने प्रयास गर्नेछु। मेरो काम नै गीत गाउने भएकोले सकेसम्म राम्रो प्रस्तुती दिने प्रयास गर्नेछु। दर्शकको खुशी नै मेरो खुशी हो।

सुदर्शन थापा, निर्देशक sudarshan-thapaमेरो यसपालीको दशैँ मधुमासमय हुनेछ। मधुमासको रिलिज मिति नजिक हुँदा अझै पनि पोष्टको काम नसकिएकोले यसपाली दशैँमा रमाईलो भन्दा पनि व्यस्तता नै हुनेछ। अझै लम्फूको शुटिङ् पनि फुलपाती र टिकाको दिन हुने भएकोले पूर्ण रुपमा दशैँ फिल्मको शुट र पोष्टको काममा हुनेछ, बाँकी समय प्रचार-प्रसारमा पनि लगाउनै पर्यो। दर्शकलाई राम्रो फिल्म दिनको लागि मेहनतमय यो दशैँ बित्छ र परिवारलाई पनि खासै समय दिन सक्दिन होला। सम्पूर्ण दर्शकलाई दशैँको शुभकामना अनि दशैँ मधुमासमय होस्।

मञ्जु देवकोटा, नायिका manju-devkotaफुलपातीबाट अफिस पनि छुट्टी भयो। अब १-२ दिन चाहिँ घर सरसफाईमा नै बित्छ। मेरो हजुरआमा जेठो भएकाले घरका सदस्यहरु सबै काठमाण्डौमा नै आउनुहुन्छ। यसैले टिका थाप्न बाहिर जानुपर्दैन। मामाघर पट्टी चाहि ३/४ वटा घरमा जाने विचार छ। यसपालिको दशैँमा दिदी र बहिनीलाई धेरै सम्झिने छु, उनिहरु विदेश मा छन् । अब स्काईप, भाइबरबाट गफ गरएर भएपनि दशैँमा रमाइलो गर्नुपर्छ।
प्रस्तुती: जिवन पराजुली/श्यामसुन्दर गिरी

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu