श्रीकृष्णको बार्षिक पुण्यतिथीमा दुई चलचित्रकर्मीलाई सम्मान



Shree-krishna-1-year-1

ठुलोपर्दा डटकम, काठमाण्डौ।
स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको निधन भएको १ बर्ष पूरा भएको छ । सोमबार राजधानीमा श्रीकृष्ण श्रेष्ठको पहिलो वार्षिक पुण्य तिथिको कार्यक्रम आयोजना गर्दै ‘श्रीकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान’ले दुई चलचित्रकर्मीलाई सम्मान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथी रहेका सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले ‘श्रीकृष्ण श्रेष्ठ स्मृति सम्मान’ बाट नायक शिव श्रेष्ठलाई नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित सम्मान गरेका थिए भने स्वर्गिय शिव रेग्मीलाई मरणोपरान्त नगद ५१ हजार सहित सम्मान गरिएको थियो । स्वर्गीय रेग्मी पत्नी ज्ञानु रेग्मीले उक्त सम्मान लिएकी थिइन् ।

Shree-krishna-1-year-2

‘सम्झनामा श्रीकृष्ण’ नामक करिब पैतालिस मिनेट लामो भिडियो पनि प्रस्तुत गरिएको कार्यक्रममा श्रीकृष्णकी धर्मपत्नी स्वेता कार्यक्रम अवधिभर गहभरी आँसुमा देखिन्थिन् । सोहि क्रममा उनले अब आफु चलचित्र क्षेत्रमा देखिने पनि जानकारी गराएकी थिइन् । कार्यक्रममा बोल्दै उनले भनिन, ‘म उहाँले देखाउनुभएको बाटोमा सधै हिँड्ने छु । उहाँले मलाई धेरै कुरा सिकाउनुभएको छ त्यसैले अबको दिनमा उहाँले मर्गनिर्देशन गर्नुभएकै बाटोमा अगाडी बढ्ने प्रयास गर्ने छु ।’

उनीले अगाडी थपिन, ‘म यूवती थिए उहाँले मलाई आफ्नो धर्मपत्नी बनाउनु भयो, म खड्का थिए उहाँले नै श्रेष्ठको परिचय दिनु भएको छ । मैले यो क्षेत्रका लागि केही गर्न सकेभने उहाँको आत्माले पनि शान्ती पाउनेछ ।’ कार्यक्रमका प्रमुख अतिथी मिनेन्द्र रिजालले कार्यक्रममा बोल्दै स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ सधै अमर रहने बताए । ‘श्रीकृष्ण जी हामी माझ नभएपनि उहाँको माया, सदभाव सँधै हामीसँग छ त्यसैले हामी सधै श्रीकृष्ण जीले दिनुभएको मार्गनिर्देशनमा हिड्नु पर्छ’, मन्त्री रिजालले भने ।

Shree-krishna-1-year-3

२०७१ साउन २४ गते भारतको एपोलो अस्पतालमा निधन भएका श्रीकृष्णको पहिलो वार्षिक पुण्य तिथिमा चलचित्र क्षेत्रका वरिष्ठ व्यक्तिको सहभागीता रहेको थियो । निर शाह, यादव खरेल, शम्भूजित बाँस्कोटा, झरना थापा, गौरी मल्ल, सरोज खनाल, कृष्ण मल्ल, चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई लगायतका व्यक्तिहरुको कार्यक्रममा बाक्लो उपस्थिती थियो ।

सोहि कार्यक्रममा बोल्दै स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र ‘कोहिनूर’का निर्देशक आकाश अधिकारीले श्रीकृष्ण श्रेष्ठसँग विताएका दिनहरु अझै पनि आफ्नो आँखामा घुमिरहेको बताए । ‘उहाँसँग मैले धेरै राम्रो दिनहरु विताएको छु तर अहिले उहाँ हामीमाझ हुनुहुन्न भन्दा अनौठो लाग्छ तर उहाँको माया सँधै हामीसँग छ’, निर्देशक अधिकारीले भने ।

कार्यक्रममा श्रीकृष्णको बिषयमा तयार पारिएको पुस्तक ‘अमर नायक’ पनि विमोचन गरिएको थियो। पुस्तकलाई पत्रकार श्याम स्मृतले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu