‘आइएएफ अवार्ड’ सर्‍यो, अब २० डिसेम्बरमा हुने



IAF-Europeसेप्टेम्बर २७ तारिखमा बेल्जियममा हुन लागेको ‘आइएएफ अवार्ड’ ३ महिना पछि सरेको छ । मंगलबार प्रेस विज्ञप्ती गरी गर्दै २० डिसेम्बरका दिन अवार्ड कार्यक्रम आयोजना गरिने जानकारी दिइएको छ । अन्तराष्ट्रिय कलाकार मञ्च नेपालका अध्यक्ष प्रदिप उदयद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘गैह्र आवसिय नेपालीहरुको छाता संगठन एनआरएनको हाल यूरोपमा भइरहेको कार्यक्रम र गतिविधिहरुमा अन्तरराष्ट्रिय कलाकार मञ्च यूरोपका साथिहरु संलग्न हुनु भएको हुँदा अवार्डको प्राविधिक तयारीका लागि समय कम हुने महशुश गरि २० डिसेम्बरका दिन अवार्ड कार्यक्रम गर्ने मिति तय गरिएको छ ।’

मञ्चले विभिन्न राष्ट्रमा नेपाली कला, संगीत, फिल्मको प्रचारप्रसार र त्यसको बजार सिजनार्थ तथा नेपाली कला, संगीत, फिल्म र समाजसेवीको सम्मानार्थ अवार्ड आयोजना गर्न लागेको हो।नेपाली कला, संगीत र फिल्म विधाका सम्मानित संस्थाका वरिष्ट व्यक्तिहरुको विशेष बैठकद्वारा छनौंट भएका हिमालय टेलिभिजन, क्लासिक एफएम, आइएएफइयु डटकम, नेपाल टेलिभिजन यूके तथा अन्य सञ्चारमाध्यमबाट प्राप्त दर्शक श्रोताको भोटिङका आधारमा १४ विधाका कलाकर्मीलाई सम्मान गरिनेछ ।

यसबाहेक नेपालका लागि विदेशी भूमिबाट योगदान पु¥याउने समाजसेवीलाई पनि ‘समाजसेवा सम्मान’बाट सम्मानित गरिनेछ। २०७१ साल वैशाख १ गतेदेखि चैत्र मसान्तसम्म प्रदर्शनमा आएका चलचित्रका आधारमा उत्कृष्ट ५ को मनोनयन केहि दिन भित्रै घोषण गरिने पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu