हलीउडको सुपरस्टार कुकुर ‘उग्गी’को निधन



uggi-death

साधारण कुकुर हामीले धेरै पटक देखेका छौँ तर यो दुनियाँमा हामीले कल्पना गर्न नसक्ने कुकुरहरु पनि छन् जो कुकुरले गर्ने काम मानिसले सम्म गर्न सक्दैन । त्यस्तै एक कुकुर उग्गीको निधन भएको छ ।

सन् २०११ मा रिलिज भएको अस्कर अवार्ड विजेता चलचित्र ‘द आर्टिस्ट’को एक कलाकार भएको उग्गीको १३ बर्षको उमेरमा निधन भएको उसको मालिकले बताएका छन् । अहिले यस कुकुरको चर्चा हलिउडमा सर्वत्र छ । चलचित्र द आर्टिस्टमा ज्याक रसेल नामक कुकुरको भूमिकामा देखिएको उग्गीले चलचित्रको रेड कार्पेट प्रिमियर शोमा पनि दर्शक तथा अतिथिको मन जितेको थियो ।

उसलाई प्रोस्टेट ट्युमर भएको थियो । उग्गीलाई प्रोस्टेटमा क्यान्सरजन्य ट्युमर थियो र त्यसैको कारण उसको मृत्यु भएको कुकुरका मालिक ओमार भन मुलरले बताएका छन् । उग्गीले उक्त चलचित्रमा फ्रान्सेली कलाकार जँ दुजार्दिनसँग मिलेर अभिनय गरेको थियो । चलचित्रले उत्कृष्ट फिल्म र उत्कृष्ट अभिनेतासहित पाँचवटा अस्कर अवार्ड जितेको थियो । उग्गीका फ्यानहरुले उसलाई अस्करमा मनोनित गर्न एक अभियान पनि चलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu