अक्षयको अर्को धमका, ‘ब्रदर्स’ ले तोड्यो रेकर्ड



brothers-record

बलिउडस्टार अक्षय कुमार र सिद्धार्थ मल्होत्रा अभिनित चलचित्र ‘ब्रदर्स’ ले प्रदर्शनमा आएको पहिलो दिन १५.२० करोडको व्यापार गर्न सफल भएको छ । यो व्यापारसँगै चलचित्र ब्रदर्स यो बर्षको दोस्रो सबैभन्दा धेरै ओपनिंग गर्ने चलचित्रमा नाम लेखाउन सफल भएको छ ।

सय करोड प्रवेश गर्ने दौडमा रहेको चलचित्र ब्रदर्समा अक्षय कुमार, सिद्धार्थ मल्होत्रा, ज्याकलीन फर्नाडीज, जेकी श्राफ लगायतका कलाकारहरुले अभिनय गरेका छन् । चलचित्र ‘ब्रदर्स’ २०११ मा प्रदर्शनमा आएको हलीउड चलचित्र ‘वारियर’ को अफिसियल रीमेक हो ।

चलचित्रमा करीना कपूर खान आइटम गीतमा देखा परेकी छिन् । चलचित्रलाई करण जोहर लगायतको टिमले निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu