मनिषा लागिन ४५ बर्षमा, बन्न चाहन्थिन् डाक्टर



manisha-comeback

१९७० अगस्ट १६ तारिखमा राजधानी काठमाडौँमा जन्मेकी नेपाली मुलकी बलीउड अभिनेत्री मनिषा कोइराला आइतबारबाट ४५ बर्षमा प्रवेश गरेकी छिन् । एक जमानाकी चर्चित अभिनेत्री मनिषाले १९८९ मा नेपाली चलचित्र ‘फेरी भेटौँला’मा अभिनय गरेर रजतपटमा प्रवेश गरेकी थिइन् ।

बुबा प्रकाश कोइराला र आमा सुष्मा कोइरालाको कोखबाट जन्मिएकी मनिषा बिशेश्वर प्र. कोइराला (बी.पी. कोइराला) को नातिनी हुन् । उनको पहिलो हिन्दी चलचित्र सौदागर हो । अहिले उनी पुन: बलीउडमा सक्रिय हुँदै छिन् । उनको यसै बर्ष मात्र चार चलचित्र प्रदर्शनमा आउँने तयारीमा छन् । बसन्त कन्या महाविद्यालय भी.के.एम. मा १० कक्षा सम्म पढाई गरेर वाराणसीमा डाक्टर पढ्न गएकी मनिषा अन्तत रंगीन दुनियाँ तर्फ मोडिएकी थिइन् ।

बलीउड क्विनको नामले चिनिने उनले २ दर्जन भन्दा बढि बलीउड चलचित्रमा अभिनय गरिसकेकी छिन् । अभिनेत्री मनिषा कोइरालालाई ठुलोपर्दा डटकम परिवारबाट पनि जन्मदिनको हार्दिक शुभकामना ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu