ठुलोपर्दा डटकम, काठमाण्डौ।
भाद्र २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली कमेडी चलचित्र ‘लब सब’को अर्को नयाँ ट्रेलर रिलिज भएको छ । अन्य ट्रेलर भन्दा फरक तरिकाले सार्वजनिक गरिएको ट्रेलरमा नेपाली फुटबल टीमका पूर्व राष्ट्रिय कप्तान तथा राष्ट्रिय टिमका प्रशिक्षक हरि खड्का देखिएका छन् ।
ट्रेलरमा हरि खड्काले बोलेको संवादमा चलचित्रका पात्रहरुलाई प्रस्तुत गरिएको छ । हरि खड्कासँग ट्रेलरमा सलोन बस्नेत , संयंम पुरी , करिस्मा श्रेष्ठ र शिशिर भण्डारी देखिएका छन् । देव कुमार श्रेष्ठको निर्देशन रहेको चलचित्र लभ सवमा सुशील पोखरेल र नरेन्द्र महर्जनको संयुक्त लगानी छ ।
कलाकार संयम पुरी चलचित्रमा एक लाटोको भुमिका निभाएका छन् भने सलोन बस्नेत र शिशिर भण्डारी भने कमेडी शैलीमा प्रस्तुत भएका छन् ।
ट्रेलर हेर्नुहोस्: