उत्रिएन ‘दृश्यम’, ७२ करोडभन्दा माथीको व्यापार



drishyam
बलिउडस्टार अजय देवगन अभिनित चलचित्र दृश्यमले प्रदर्शनमा आएको दुई हप्ता पार गर्दै गर्दा ७२ करोडको व्यापार गर्न सफल भएको छ । लगानी सुरक्षित गरेको यो चलचित्र अहिलेसम्म भारतका अधिकाशं हलहरुमा प्रदर्शन भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चलचित्रको कथावस्तु र अजयको अभिनयलाई दर्शकहरुले अत्याधिक रुचाएका छन् । अजय देवगन, तब्बू र श्रिया सरन अभिनित चलचित्र दृश्यमले प्रदर्शनमा आएको पहिलो दिन ८.०५ करोडको व्यापार भनेको थियो भने दोस्रो दिन ९.४० करोडको व्यापार गरेको थियो ।

Subscribe us on YouTube:-

चलचित्रको प्रतिक्रिया राम्रो आएका कारण दृश्यम पनि सय करोडमा प्रवेश गर्ने सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu