चालिस बर्षमा लागेकी दीपाश्री भन्छिन्, ‘म भर्खर स्वीट १६ मा’



गत बर्षको जन्मदिनमा केक काट्दै दीपाश्री
गत बर्षको जन्मदिनमा केक काट्दै दीपाश्री

ठुलोपर्दा डटकम, काठमाण्डौ।
विराटनगरमा जन्मिएकी हाँस्य कलाकार तथा निर्मात्री दीपाश्री निरौला सोमबारबाट ४० बर्षमा लागेकी छिन् । तर उनी ४० बर्ष लागेकी हुन् वा होइनन त्यो भने स्वयंम दिपाले पनि खुलाएकी छैनन् । तर यस भन्दा अघिल्लो बर्ष दिपाले ‘पुगें ४० मा एक कम, मिलाएर आफै बुझ्नुहोला’ भनेपछि उनी ४० बर्ष पुगेको अन्दाज सबैले काटेका हुन् ।

Subscribe us on YouTube:-

‘अग्निपथ’ नामक टेलिफिल्मबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी उनलेले २०५० सालबाट रेडियो नेपालबाट प्रसारण भएको हास्यव्यङ्ग्य कार्यक्रम ‘रामविलास र धनिया’बाट लोकप्रिय भएकी हुन् । उक्त कार्यक्रमदेखि दीपकराज गिरीसँग सहकार्य गरेर अघि बढेकी दीपाश्रीले आजसम्म पछाडि फर्केर हेर्नु परेको छैन । दीपकराज गिरीसँग सहकार्य गरेर तीतो सत्यमा अभिनय गर्न थालेपछि लाखौं दर्शकहरुले यो जोडीलाई अत्यधिक मन पराएका हुन् । दीपकराज गिरी तथा निर्मल शर्मा (गैंडा)सँग मिलेर ‘छ एकान छ’ निर्माण गरेपछि निर्मात्रीको रुपमा पनि चिनिएकी उनले असोज १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘वडा नम्बर ६’ लाई पनि निर्माण गरेकी हुन् ।

निरौला अहिले यही चलचित्रको प्रचार प्रसारमा व्यस्त छिन् । ‘मैले पैसा भन्दा पनि मलाई धेरै माया गर्ने दर्शक कमाएँ । दर्शकहरुको माया र साथले गर्दा अहिले काठमाडौंमा आफ्नै घर बनाई आफ्नै गाडीमा घुम्न सक्ने भएको छु’, दिपाले भनिन् । खबरका अनुसार आज उनले जन्मदिन हेटौँडामा मनाउने छिन् । चलचित्र ‘वडा नम्बर ६’ को देश दौडाहा अन्तरर्गत आज हेटौँडामा पत्रकार सम्मेलन भएका कारण दिपाले जन्मदिन पत्रकारहरुसँग मनाउँनेछिन् । आफ्नो विहेको चिन्ता लिने शुभचिन्तकलाई दीपाले भनिन् ‘मेरो विहेको चिन्ता नगर्नुस् म अहिले भर्खर स्वीट सिक्सटिनमा छु, किनभने म निदाएको समय जोड्दिन ।’ दीपाश्रीले जन्मदीनको अवसरमा सबैलाई धन्यवाद दिंदै दर्शक र श्रोताको मायाले गर्दा नै यो स्थानमा आएको बताइन् ।

उनले चलचित्र वडा नम्बर ६ को विषयमा बोल्दै अगाडी भनिन्, ‘दर्शकहरुले तीतो सत्यलाई अत्यधिक मन पराइदिएर नेपाल टेलिभिजनको नं.१ टेलिश्रृंखला बनाइदिनुभएकोमा धेरै धेरै धन्यवाद । हामीले दोस्रो पटक हाँस्यकलाकारहरु मिलेर चलचित्र बनाएका छौं । यस अघिको ६ एकान ६ लाई निजकै माया र साथ दिनु भयो र यो पटकपनि वडा नम्बर ६ लाई पनि तीतो सत्य, मेरी बास्सै र जिरे खुर्सानीलाई जत्तिकै माया गर्नुहुनेछ भन्ने आशा लिएको छु । यहाँहरुको माया साथ तथा हौसला पायौं भने हामी प्रत्येक वर्ष एउटा चलचित्र लिएर दर्शकहरुमाझ आउनेछौं ।’

जन्मदिनको अवसरमा दिपाश्री निरौलालाई ठुलोपर्दा डटकमको तर्फबाट मंगलमय शुभकामना ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu