दीपक रायमाझीको अन्तिम चलचित्र असोज १५ मा



destination-kathmandu
ठुलोपर्दा डटकम, काठमाण्डौ।
स्व.निर्देशक दीपक रायमाझीको अन्तिम चलचित्र ‘डेस्टिनेशन काठमाडौं’ असोज १५ गतेदेखी प्रदर्शनमा आउने भएको छ । निर्माता शरद अधिकारीका अनुसार ‘डेष्टिनेशन काठमाडौं’को स्वदेशका साथै थुप्रै मुलुकका एकसाथ प्रदर्शन गरिदैछ ।

Subscribe us on YouTube:-

विदेशीलाई नेपालप्रति आकर्षित गराउदै देशको पर्यटन क्षेत्रको बिकासमा सहयोग पुर्याउनुका साथै देशको राजनीति परिवेशले पारेको प्रभावको बिषयमा केन्द्रित चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा प्रदर्शन गर्ने लक्ष्य निर्देशक रायमाझीको थियो । तर, उनको असमायीक निधनका कारण केही समय निर्माण रोकीएको चलचित्रलाई अर्का निर्देशक मधुसुदन भट्टराईले पूरा गरेका हुन् । चलचित्रको कार्यकारी निर्देशक रहेका मधुसुदनले चलचित्र ‘डेस्टिनेशन काठमाडौं’ले पर्यटन क्षेत्रको विकासको सन्देशका साथै भरपूर मनोरञ्जन प्रदान गर्ने बताउँछन् ।

जनपुकार मिडिया हाउसले निर्माण गरेको फिल्ममा दीलिप रायमाझी, झरना थापा, केशब भट्टराई, बिक्रम मल्ल ठकुरी, रबि गिरी, बिकास चापागाई, नरेन्द्र थापा, रामचन्द्र अधिकारी, रश्मी भट्ट, रोशनी सापकोटा, बालकलाकार सृजेश अधिकारी, सत्यम अधिकारी र युनिशा लामीछानेका साथमा अष्ट्रेलियन अभिनेत्री सहारा मावब प्रमुख भूमिकामा छन् । राजु थापा र सौरभ लामाले खिचेको चलचित्रमा निखिल बिश्वास, रमेश खड्का र राजन तिमिल्सिनाको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu