टीकापुर घटनापछि कलाकर्मी भन्छन्, ‘हे भगवान अब त अती भयो’



keki-adhikari-kailali
ठुलोपर्दा डटकम, काठमाण्डौ।
सोमबार टीकापुरमा भएको हिंसात्मक झडपमा अञ्चल प्रहरी प्रमुख लक्ष्मण न्यौपानेसहित ७ सुरक्षाकर्मीले ज्यान गुमाए । शान्तिपूर्ण भनिएको आन्दोलनमा उच्च पदस्थ प्रहरी अधिकारी मारिएको सम्भवत यो नै पहिलो घटना हो । यसरी शान्तिपुर्ण आन्दोलन हिंसात्मक बनेपछि यति बेला देश नै स्तब्ध बनेको छ ।

Subscribe us on YouTube:-

विभिन्न व्यक्तिहरुले सोमबारलाई कालो दिनको रुपमा पनि लिएका छन् भने दोषीलाई कडा कारबाही गर्न माग गरिरहेका छन् । नेपाली कलाकर्मीहरुले पनि उक्त घटनाबाट दुखी भएको बताएका छन् । आफ्नो आधिकारि सामाजिक सञ्जाल ट्विटर देखी फेसबुकमा विभिन्न कलाकर्मीहरुले घोर आपत्ति जनाइरहेका छन् ।

अमेरिकाबाट नायिका केकी अधिकारीले ‘कैलाली घटना मानवता माथी कै ठुलो प्रश्नको रुपमा खडा भएको छ। हामी नेपाली कसरी यस्तो गर्न सक्छौ एक अर्कालाई ? सम्पुर्ण नेपालीको मन जलाएको छ यो दुखद घटनाले। यो आगोलार्इ अहिले नै निभाइहाल्नुपर्छ’ भन्दै उनले फेसबुकमा दुख पोखेकी छिन् ।

गायिका कोमल ओलीले ‘टिकापुर घटनामा दुई बर्षिया बालकको मृत्यु भएको छ र प्रहरीकै बालक भएकाले हत्या गरियो भन्ने समाचार आएकोले अत्यन्तै मर्माहत बनाएको छ । कृपया यस्तो अमानवीय कार्य बन्द गरियोस र दोषीलाई कडा कार्बाही गरियोस’ भन्दै फेसबुकमा लेखेकी छिन् ।

चलचित्र निर्देशक सुमन दाहालले ‘भर्खरै भुकम्पले गरेको ठुलो नोक्सानी र बिपत्तीबाट नेपाली जनता बचाउन आफ्नो ज्यानको प्रबाह नगरी खटेका बहादुर नेपाल प्रहरी माथी बर्बर आक्रमण यती ठूलो क्षती हुदाँ नेपाल सरकार किन मौन’? भन्दै आक्रोस पोखेका छन् ।

नायिका ऋचा शर्माले ‘एक थारुले अर्का थारुलाई मारे, यो भन्दाबढी मेरो देशमा अब के सुन्न बाँकी थियो’ भन्दै फेसबुकमा लेखेकी छिन् ।
deepak-and-reecha-kailali
हाँस्य कलाकार दिपकराज गिरीले ‘संविधान सभाबाट नयॉ संविधान नाम दिएर भएको जनयुद्दमा १५, १६ हजार नेपाली मरे, संविधान निर्माणको एउटा पाटो सिमांकन बिवादमा सयौँ मर्दैछन्, यो भन्दा नि कठिन छ नामांकन त्यसमा झन् के होला ?, धर्म निरपेक्षता वा हिन्दु राष्ट् यो बिषय त छदैछ, अझै कति नेपालीले आहुति दिनु पर्ने हो यो संविधान नामको अलौकिक पुस्तिका निर्माणका लागि ? निशब्द……यहाँ भन्दा बढी शब्द छैन’ भन्दै फेसबुकमा दुख पोखेका छन् ।

अर्का हाँस्य कलाकार जितु नेपालले ‘हे भगवान अब त अती भयो। छिट्टै प्रकट हौं…अब तिमी बाहेक कसैले समाल्न सक्तैनौं’ भन्दै भगवान पुकारेमा छन् ।

चलचित्र निर्देशक दिपेन्द्र के. खनालले आफ्नो फेसबुकमा ‘लौन के हुँदै छ देशमा….नेपालीले नेपालीलाई मारेर कस्तो नयाँ नेपालको सपना देख्दै छौ हामी’? भन्दै लेखेका छन् ।

लोक गायिका सुनिता दुलालले भनेकी छिन् ‘टिकापुर कैलालीमा घटेको घटनाबाट देश र सम्पूर्ण जनता मर्माहत छन । हे भगवान मेरो देश नेपालमा सद्भाव र शान्ती ल्याइदिनु, दिवंगत आत्माहरुको चिर शान्ती अनि घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको लागी प्राथना गर्दछु ।’

Photo Source: Glamour Nepal (Keki Adhikari) & Enasha (Reecha Sharma)

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu