तीज, दशैं तथा तिहारमा धमाका गर्न जीतु अमेरिका जाँदै



Jeetu-nepal-america
‘२०७२ तीज, दशैं तथा तिहार धमाका’ कार्यक्रमको लागि नेपालका चर्चित हाँस्यकलाकार जितु नेपाल (मुन्द्रे),निरु खड्का (निर्मली), लोक दोहोरी गायक बद्री पंगेनी, शिला आले र भुटानी समुदायमा चर्चित मानिने ढकाल ब्रदर्श (मनोज र कृष्ण) अगस्त २७ तारिखमा अमेरिका जाने भएका छन् ।

Subscribe us on YouTube:-

तीज लक्षित गर्दै वर्ल्ड विजनेस म्यानेजमेन्ट एण्ड कन्सल्टेन्ट एलएलसी अमेरिकाले अमेरिकाका विभिन्न २० राज्यमा दुई महिना लामो साँस्कृतिक कार्यक्रम गर्न लागेको छ र सोहि कार्यक्रममा सहभागी हुन उनीहरु अमेरिका जान लागेका हुन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि भदौ १२ मा पेन्सिलभिया राज्यको पिट्सवर्गमा पहिलो कार्यक्रम हुनेछ भने कार्तिक १५ मा बाल्टीमोरमा २० औं कार्यक्रम सगै ‘तीज दशैं र तिहार धमाका’ सम्पन्न हुने जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा जितु नेपाल, निरु खड्का, बद्री पंगेनी लगायतका कलाकारहरुको उपस्थित भएका थिए । पत्रकार सम्मेलनमा बोल्दै हाँस्य कलाकार जितु नेपालले आफुले अमेरिकामा गर्ने प्रस्तुती नेताहरु प्रति लक्षित रहेको बताए । उनले ‘तीज दशैं र तिहार धमाका’मा नेपालका कुन् नेता कुन देश गएर कस्तो काम गर्दा ठिक होला भन्ने बिषयमा कमेडी प्रस्तुत गर्ने बताएका छन् ।

गायक बद्रि पंगेनीले अमेरिकाबाट आफ्नो नयाँ एल्बम सार्वजनिक गर्ने बताए । उनले पत्रकार सम्मेलनमा एउटा रमाइलो लोकगीत समेत गाउँन भ्याएका थिए । साथैं गायक पंगेनीले कार्यक्रममा दौरा सुरुवाल लगाएरै स्टेज चढ्ने पनि खुलाए । कार्यक्रमको आयोजना वर्ल्ड बिजिनेस म्यानेजमेन्ट एण्ड कन्सल्टटेन्ट एलएलसी अमेरिका तथा वर्ल्ड बिजिनेस म्यानेजमेन्ट एण्ड कन्सल्टटेन्ट नेपाल प्रा.लिको सयुक्त रुपमा आयोजना गरिदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu