‘केटासँग डुल्नु समयको खर्च मात्रै’



Salma-hayak
अमेरिकी चलचित्रकी चर्चित अभिनेत्री सलमा हायकले हेनरी पिनाल्टसँग विवाहको प्रस्ताव दुई पटकसम्म अस्वीकार गरेकी थिइन् । विवाहदेखी निकै डर मान्ने यि नायिकाले अन्तत २००९ मा पिनाल्टसँग विवाह गरिन् ।

Subscribe us on YouTube:-

विवाह अघि केटाहरु अथवा प्रेमीसँग डुल्नु भनेको समयको खर्च गर्नु बराबर हो भन्ने सोच राख्ने सलमालाई पिनाल्टले तीन पटकसम्म विवाहका लागी प्रस्ताव राख्नुपरेको थियो । अमेरिकी एक सञ्चारमाध्यमलाई दिएको अन्तरर्वार्तामा उनले भनेकी छिन्, ‘स्वतन्त्रता महसुस गर्नका लागि यस डरबाट बाहिर आउनुपर्छ र आफ्नो सक्षमताको खोजी गर्नुपर्छ ।’

सर्पसँग एकदमै डराउने यी अभिनेत्रीले ‘फ्राम डस्क टिल डान’मा एकदमै डराएर डान्स गरेकी थिइन् । उनले आफ्नो अनुभव बाँडदै जिन्दगीमा आफूलाई नै पछाडि फर्केर हर्ने हो भने आफू नै आफ्नालागि मार्गदर्शक बनेको देख्दछिन् । विवाह गर्न अघि कुनै केटासँग घुम्ने डुल्ने गरेर आफ्नो समय बर्बाद गर्न उनी चाहन्नथिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu