अश्लिलताले भरिएर आयो ‘बिन्दास ३’ को ट्रेलर (भिडियो)



bindas-3-trailer
ठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र ‘बिन्दास’ र ‘बिन्दास २’ मा बेड सिन प्रयोग गरेर चर्चा र विवादमा तानिएका निर्देशक राजु गिरी निर्देशित चलचित्र ‘बिन्दास ३’ को ट्रेलर बाहिरिएको छ । सार्वजनिक ट्रेलरमा राजुले अश्लिलता नै केन्द्रविन्दुमा राखेका छन् ।

ट्रेलरमा नेपाली समाजले पचाउन नसक्ने केहि दृश्य पनि छन् जसका कारण फेरी एक पटक ‘बिन्दास ३’ विवादमा तानिने निश्चित छ । चलचित्रमा अशोक फूयाँल, शुभेच्छा थापा, मनिष कार्कीको मुख्य भूमिका छ । चलचित्रले यसपटक त्रिकोणात्मक प्रेमकथालाई प्रस्तुत गरेको छ ।

चलचित्रमा अर्जुन पोख्रेलले संगीत भरेका छन् । कात्तिक २० गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो चलचित्रलाई शुभेच्छा इन्टरटेन्मेन्टले निर्माण गरेको हो । केहि दिन अगाडी मात्र यसै चलचित्रको पहिलो पोष्टर सन्नी लियोनको शरीरमा शुभेच्छा थापाको टाउको जोडेर सार्वजनिक गरेको थियो ।

हेर्नुहोस् ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu