कता हरायो ‘न्यू ईयर’ ?



new-year-nepali-cinema-announce
ठुलोपर्दा डटकम, काठमाण्डौ।
मिडियामा दुईचार दिन छाउनका लागी भएपछि केहि समय यता नेपाली चलचित्रक्षेत्रमा पनि धेरै चलचित्रको औपचारिक घोषणा भए । पाँच तारे होटल देखी पत्रकार सम्मेलन गर्दै चलचित्र निर्माण गर्ने घोषणा गरेका केहि चलचित्रहरु न निर्माण भएका छन् नत ति चलचित्रका बारेमा त्यसपछि कुनै खबर नै बाहिर आए ।

Subscribe us on YouTube:-

त्यस्तै एक भव्य कार्यक्रममा बीच पाँच तारे होटलमा चलचित्र ‘न्यू ईयर’ को पनि औपचारिक घोषणा गरिएको थियो । तर अहिले यो चलचित्रको बारेमा कुनै पनि खबर बाहिर आएको छैन । पोखरामा धमाधम वर्कशप सम्म गर्न भ्याएको यो चलचित्रको हालसम्म छायांकन सुरु नभएको स्रोत बताउँछ ।

२०७१ सालमै छायांकन सुरु गर्ने घोषणा गरेको चलचित्र यूनिट अहिलेसम्म बेखबर रहेको छ । चलचित्रमा गृहेन्द्र घिमिरेको साथमा अष्ट्रेलियामा रहँदै आएका प्रताप खरेल र कर्णराज वंशीको लगानी रहने कुरा थियो तर अहिलेसम्म चलचित्रको छायांकन सुरु नहुनुले निर्माताबीचको सम्बन्ध बिग्रिएको शंका हुन थालेको छ ।

चलचित्रलाई प्रविण श्रेष्ठले निर्देशन गर्ने जिम्मा पाएका थिए भने चलचित्रमा नायिका वेनिशा हमाल र नायक अनुपविक्रम शाही मुख्य भूमिकामा देखिने कुरा थियो । यति सम्मकी चलचित्रको औपचारिक घोषणा कार्यक्रममा चलचित्रको छायांकन अष्ट्रेलिया र नेपालमा हुने बताइएको थियो ।

यसरी काठमाडौंमा रहेको पाँचतारे एभरेष्ट होटलमा भब्य कार्यक्रमका बीच निर्माण गरेपछि गुमनाम भएको न्यू ईयर टिमलाई अब दर्शकहरुले के विश्वास गर्ने ? यसरी दर्शकहरुको आँखामा छारो हालेर निर्माण घोषणा गरेपछि बेपत्ता बनेको यो चलचित्रको के कारणले छायांकन रोकिएको हो त्यसको जानकारी चलचित्र यूनिटले गराउनु पर्ने हो तर यो हुन सकेको छैन । तपाईहरुलाई एउटा कुरा के सम्झायौ भन्दा यस चलचित्रमा अभिनय गर्ने भनेका सम्पुर्ण कलाकारहरु अहिले नेपालमै अन्य चलचित्रको छायांकनमा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu