पत्रकार संघको विवाद साम्य हुँदै, स्विकृत भयो चितवन शाखाको राजीनामा



ठुलोपर्दा डटकम, काठमाण्डौ।
केहि समय यता चलचित्र पत्रकार संघ भित्र देखिएको विवाद अब साम्य हुने देखिएको छ । नेपाल चलचित्र पत्रकार संघ चितवन शाखाका कार्यसमितिका सबैले सामूहिक राजीनामा दिएपछि अब के हुने भन्ने विषयमा अन्योल देखिएको थियो । तर शनिबार चलचित्र पत्रकार संघको केन्द्रिय समितिले उक्त राजीनामा स्विकृत गरेको प्रेस विज्ञप्ती मार्फत जानकारी दिइएको छ ।

Subscribe us on YouTube:-

शनिबार बसेको केन्द्रिय समितिको बैठकपछि संघका संगठन विभाग प्रमुख विष्णु सुवेदीद्वारा जारी विज्ञप्तीमा चलचित्र पत्रकार संघका कार्यबहाक अध्यक्ष रामेश्व रिजाल, सचिव गोविन्द अर्याल, सह सचिव सागर ढुंगाना र सदस्यहरु ज्ञानेन्द्र तामांग, सन्दिप भट्ट, सुरेन कुवँर, केशब लोहनी र सन्दिप भट्टराईको सयूक्त राजिनामा स्विकृत गरेको उल्लेख छ ।

साथै सामूहिक राजीनामाको विषयमा आफुलाई केहि थाहा नभएको भनेर राजीनामा फिर्ता माग गरेका शाखा सदस्य ओमकार अर्यालको भने राजीनामा फिर्ता गरिएको विज्ञप्तीमा उल्लेख छ । अब चितवन शाखाको अधिबेशन अजोस २ गतेलाई तोकिएको बताइएको छ ।
FJA-CHITWAN-1

FJA-CHITWAN-2

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu