अझै पनि सोल्टिनीसँग बिहे गर्ने सपनामा दयाहाङ (भिडियो)



kabaddi-kabaddi-teaser
ठुलोपर्दा डटकम, काठमाण्डौ।
गएको बर्षको वैशाखको दोश्रो साता प्रदर्शनमा आएर सफल भएको चलचित्र ‘कबड्डी’को सिक्वेल ‘कबड्डी कबड्डी’को पहिलो टिजर रिलिज भएको छ ।

Subscribe us on YouTube:-

टिजरमा चलचित्रका नायक दयाहाङ राईले सोल्ठिनी रिश्मा गुरुङलाई पाउने धोको अझै पनि बोकेको देख्न सकिन्छ । कमेडी शैलीमा निर्माण भएको यस चलचित्रको सार्वजनिक टिजरमा सौगात मल्ल, कमलमणी नेपाल लगायतका कलाकारहरु देखिएका छन् । हालसम्म प्रदर्शन मिति सार्वजनिक नगरिएको चलचित्र ‘कबड्डी कबड्डी’ को पहिलो ट्रेलर असोज ४ गते सार्वजनिक गरिने टिजरमा उल्लेख गरिएको छ ।

चलचित्रमा दयाहाङ राई , सौगात मल्ल, रिश्मा गुरुङ, बिजय बराल, बुद्धी तामाङ, शिशिर वाङ्देल, अरुणा कार्की, कमलमणी नेपाल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई ‘कबड्डी’कै निर्देशक रामबाबु गुरुङले निर्देशन गरेका हुन् । चलचित्रमा रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ । चलचित्रको निर्माण सुनिलचन्द रौनियार र रौनकविक्रम कँडेलले गरेका हुन् ।

चलचित्रका कार्यकारी निर्माता निश्चल बस्नेत हुन् भने ओमचन्द रौनियार र अर्जुन कार्की सह-निर्माता छन् । चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कुमार महर्जनको एक्सन रहेको छ । चलचित्रको ९५ प्रतिशत छायांकन मुस्ताङमा गरिएको हो ।

टिजर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu