विद्याको नाम अब ‘शौचालयकी देवी’



vidya-balan
बलीउड अभिनेत्रीहरु मध्ये विद्या बालन एक फरक नामले चिनिन्छन् । सामाजिक काम देखी चलचित्रमा समेत सशक्त अभिनय गर्ने विद्या यति बेला भारत सरकारले सुरु गरेको ‘जहाँ शौच, त्यहाँ शौचालय’ अभियान अन्तगर्त विभिन्न ठाँउहरुमा पुगिरहेकी छिन् ।

Subscribe us on YouTube:-

यही कार्यक्रमको सिलसिलामा लखनउ पुगेकी विद्याले नयाँ नाम पाएकी छिन्, ‘शौचालयकी देवी’ । स्वामी चिदानन्द सरस्वतीले विद्यालाई यो नाम दिएका हुन् । विद्याले सहजै यो नामलाई स्वीकारेकी छिन् । कार्यक्रममा विद्याले उक्त नामको जवाफ दिदै भनिन, ‘देवी जहाँकी भए पनि पुजनीय हुन्छिन् । यो मेरा लागि सौभाग्य हो ।’

विद्याले सन् २०११ देखि यो अभियानमा प्रत्यक्ष संलग्नता जनाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu