अस्करमा भाग लिन चार चलचित्रको लडाई



टलकजंग भर्सेस टुल्केको एक दृश्यमा खगेन्द्र लामिछाने र ऋचा शर्मा
टलकजंग भर्सेस टुल्केको एक दृश्यमा खगेन्द्र लामिछाने र ऋचा शर्मा

ठुलोपर्दा डटकम, काठमाण्डौ।
द एकेडेमी अफ् मोशन् पिक्चर आर्टस् एन्ड साइन्सद्वारा २०७२ फागुन १६ गते अर्थात् (सन् २०१६ फेब्रुअरी २८) तारिखमा अमेरिकाको लस् एन्जेलस्मा ८८ औं एकेडेमी अवार्डस् (अस्कर अवार्डस्) प्रदान गरिदैछ । उक्त पुरस्कार प्रतियोगितामा सहभागी गराउन ‘विदेशी चलचित्र छनोट समिति (नेपाल) लाई एकेडेमीले तोकिएका सबै मापदण्ड पुग्ने चलचित्र प्रतिस्पर्धी रूपमा सिफारिस गर्न आग्रह गरेसँगै ‘उत्कृष्ट विदेशी भाषाका फिल्म’ विधाको प्रतिस्पर्धाका लागि चार नेपाली चलचित्रले आवेदन दिएका छन् ।

Click Here to Watch Entertaining Videos
उक्त विधामा प्रतिस्पर्धाका लागि ‘सुनपानी’, ‘निशानी’, ‘भीमदत्त’ र ‘टलकजंग भर्सेज टुल्के’ले आवेदन दिएका छनोट समिति सचिव चिरञ्जीवी गुरागाईंले जानकारी दिए । केहि दिन अगाडी मात्र ८८औं अस्कर अवार्ड प्रतियोगितामा सामेल हुन चाहने सबै नेपाली चलचित्र निर्देशक र निर्माताहरूलाई संस्थाले चलचित्र २०७२ भाद्र १५ गते मंगलबार दिनको १ बजे भित्र समितिको सचिवालयमा दर्ता गराउन आग्रह गरिएको थियो ।

निर्देशक विमल पौडेलको अध्यक्षतामा गठित समितिले प्रतिस्पर्धाका लागि आएका चार चलचित्र हेरेपछि कुनै एक चलचित्रलाई प्रतिस्पर्धाका लागि सिफारिस गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu