मनोज बने लालबाबु, गाईजात्रामा भूकम्प र राजनीति



manoj-gajurel-as-lalbabu
ठुलोपर्दा डटकम, काठमाण्डौ।
हाँस्य कलाकारहरुका लागि दशैँ हो गाईजात्रा । त्यसैले विभिन्न हाँस्यव्यंग्य प्रस्तुतीको साथमा उनीहरुले लामो समयसम्म गाईजात्रा मनाउने गरेका छन् । प्रज्ञा भवनमा शनीबारदेखि सुरु भएको ‘तीतो, जिरे मेरी बास्सै गाईजात्रा महोत्सव’ भदौ २६ गतेसम्म चल्ने बताइएको छ ।

Click Here to Watch Entertaining Videos
कलाकारको अर्को टोलीले पोखरमा पनि विभिन्न प्रस्तुतीको साथमा दर्शक हँसाईरहेका छन् । यो वर्षको गाईजात्रे प्रस्तुतीको केन्द्रमा सदा झैँ नेताहरु त छन् नै । त्यसको साथमा भूकम्प र राष्ट्रिय भाव दिने खालका व्यंग्यात्मक प्रस्तुतीहरु पनि रहेका छन् । ‘भूकम्पको प्रभाव’, ‘संविधान मस्यौदा’, ‘संघीयता’ र ‘अस्तव्यस्त राजनीतिक गतिविधि’ मा केन्द्रित यस बर्षको जाईजात्रामा दीपकराज गिरी, दीपाश्री निरौला, सुरवीर पण्डित, लक्ष्मी केसी, पूर्ण थापा, रवि डंगोल, आरपी भट्टराई, प्रमोद पौडेल, केदार घिमिरे, विल्सनविक्रम राई, सुनीता गौतम, मनोज गजुरेल लगायतका हाँस्य कलाकारहरुले गरेको अभिनय व्यंग्यात्मकसँगै सन्देशमूलक रहेको बताइएको छ ।

करिब चार घन्टाको प्रहसनमा ‘मेरी बास्सै’, तितो सत्य, ‘जिरे खुर्सानी’ का कलाकारले आ–आफ्ना प्रतिभा खुलेर देखाएका छन् । हाँस्य कलाकार दिपकराज गिरीले यस पटकको गाईजात्रा भूकम्प गएपछि पालभित्र देखिएका गतिविधिलाई व्यंग्यात्मक ढंगले देखाइएको बताए । पालभित्र विभिन्न जात–जाति ठाउँको खोजीमा झगडा गर्नुलाई संघीयताको सीमांकन विवादसँग मिलाउन खोजिएको छ । दर्शकहरुले गाईजात्रा हेरिसकेपछि पहिलो पटक मन्त्री लालबाबु पण्डितको अवतारमा देखिएका हाँस्य कलाकार मनोज गजुरेललाई अत्याधिक रुचाएका छन् ।

हेर्नुहोस् अन्य तस्वीरहरु: (ठुलो साइजमा हेर्न फोटोमा क्लिक गर्नुहोस्)

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu