श्याम भट्टराईको अनौठो चर्तिकला, यूवतीको ओठ राख्दै टाँसे आफ्नो फोटो



shyam-and-gf
निर्देशक श्याम भट्टराई केहि महिना यता अमेरिकामा छन् । के कारणले अमेरिका हानिएका हुन् भन्ने खबर बाहिर नआएपनि केहि महिना अगाडी उनले अमेरिकामा नै एक चलचित्र निर्देशन गर्ने खबर बाहिर आएको थियो ।

Click Here to Watch Entertaining Videos
रञ्जना शर्मासँगको बैवाहिक सम्बन्ध टुटेपछि हाल एक्लै रहेका निर्देशक भट्टराई प्रेममा परेको हुन सक्ने यति बेला धेरैले अनुमान काटेका छन् । केहि दिन यता आफ्नो फोटोसँग एक यूवतीको ओठ स्पष्ट तरिकाले देखिने गरि तर पुरा अनुहार नदेखिने तस्विरसँग आफ्नो फोटो टाँस्दै फेसबुकमा सार्वजनिक गरेपछि श्याम प्रेममा परेका हुनसक्ने अनुमान लगाइएको हो ।

अचम्मको कुरा यो छ की श्यामले एउटै यूवतीको उक्त तस्विरमा उनले आफ्नो फरक फरक दुई तस्विर टाँसेर सार्वजनिक गरेका छन् । यसरी केहि दिन यता एक यूवतीको तस्विरसँग आफ्नो तस्विर टाँसेर सामाजिक सञ्जालमा सार्वजनिक गर्नुले उनी प्रेममा रहेको र उक्त तस्विर उनको प्रेमिका हुन सक्ने अनुमान लगाइएको छ ।

छबि ओझाले निर्माण गर्ने भनिएको चलचित्र किस्मत २ लाई निर्देशन गर्ने भनिएका श्याम एक्कासी अमेरिका उडेपछि छबिले पनि उनको सट्टामा नयाँ निर्देशक खोजिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu